०२ जेठ २०८३, शनिबार
16-05-2026 , Sat
×

रेड्बुलको उत्पादन तथा विक्री सुरु

Logo
Abc Sanchar प्रकाशित बिहिबार, मंसिर २१, २०८०

(एबिसि संचार )                                                              खेतान समूहअन्तर्गतको सरस बेभरेजेजले थाईल्याण्डको लोकप्रिय इनर्जी ड्रिंक्स रेड्बुल नेपालको नवलपुरको अमरापुरीमा आफ्नै फ्याक्ट्री स्थापना गरी उत्पादन तथा बिक्रिवितरण सुरुवात गरिएको जानकारी गराएको छ । उक्त फ्याक्ट्री नेपालमा अतिलोक प्रिय रेडबुलको विश्वकै चौथो फ्याक्ट्री हो ।मङ्सिर १९ गते नवलपुर स्थित फ्याक्ट्री उद्घाटन गर्दै अर्थमन्त्री डाक्टर प्रकाशशरण महतले सरस बेभरेजेजको आफ्नै फ्याक्ट्रीबाट रेडबुलको उत्पादन सुरु गरेकोमा बधाई तथा शुभकामना दिएका थिए । उक्त अवसरमा बोल्दै मन्त्री महतले नेपालमा लगानीको वातावरण बन्दै गएकोमा निजी क्षेत्रको भरोसा प्रति सरकार प्रतिबद्ध रहेको विचार व्यक्त गरेका थिए ।  एकैदिन फ्याक्ट्री उद्घाटन र साँझ काठमाडौँमा रेडबुल पुनरागमनको कार्यक्रममा रेडबुल थाईल्याण्ड टीसिपीका सीईओ सरभूतयुविध्याले विश्वका धेरै देशमा रुचाइएको रेडबुल नेपाली उपभोक्तामाझ पुनः ल्याउन पाएकोमा खुशी व्यक्त गरे । उक्त कार्यक्रममा आफ्नो मन्तव्य राख्दै सरस बेभरेजेजका सीइओ पवन जगेटीयाले आमन्त्रित स्वदेशी तथा विदेशी अतिथिलाई स्वागत गर्दै जर्मन प्रविधिबाट उत्पादित रेड्बुलको गुणस्तर विश्वस्तरको रहेको र स्थानीयलाई रोजगारीमा प्राथमिकता दिने बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । सशस्त्र प्रहरी बल नेपाल, बागेश्वरी ३० गण बाँकेका गणपति *एसपी भिम चन्दको कमान्डमा तालिम प्राप्त कुकुरसहित मुख्य सीमा नाकामा जमुनाहामा कडाइ चेकजाँच सञ्चालन गरिएको छ। *कहाँ र कसरी:* जमुनाहा,जैसपुर जस्ता संवेदनशील नाकामा यो विशेष चेकजाँच गरिएको हो। चेकजाँचमा तस्करी नियन्त्रण र सुरक्षा संवेदनशीलता बढाउने उद्देश्य राखिएको छ। *तालिम प्राप्त कुकुरको भूमिका:* – लुकेका […]

बाँके । ग्राहकको आवागमन घटेपछि उनीहरूले भारतमै नेपाल सरकारविरुद्ध नाराबाजी गर्दै स्थानीय प्रशासनसमक्ष ज्ञापनपत्र समेत बुझाएका छन्। स्थानीय स्रोतका अनुसार सीमावर्ती क्षेत्रमा सुरक्षा जाँच तथा आवतजावतमा गरिएको कडाइका कारण नेपाली उपभोक्ताको किनमेल घटेको छ। यसको प्रत्यक्ष असर भारतीय बजार र साना व्यापारीमाथि परेको बताइएको छ। व्यापारीहरूले व्यवसायमा ठूलो गिरावट आएको गुनासो गर्दै सहज आवतजावतको वातावरण […]

बाँके । *घटना विवरण:* सशस्त्र प्रहरीको टोलीले भारतबाट अवैध रूपमा बाख्रा भित्र्याउँदै गरेको समूहलाई रोक्न खोज्दा तस्करहरूले प्रहरीमाथि बोतल प्रहार गरे। केहीले प्रहरीको हतियार खोस्ने प्रयास पनि गरेका थिए। स्थिति तनावपूर्ण बनेपछि प्रहरीले हतियार तयारी अवस्थामा राखेको थियो। *प्रहरीको भनाइ:* सशस्त्र प्रहरी प्रवक्ता *डिआईजी विष्णु प्रसाद भट्ट*का अनुसार घम्साघम्सी भए पनि *गोली चलाइएको छैन*। प्रहरीले […]

error: Content is protected !!