०८ भाद्र २०८२, आइतबार
24-08-2025 , Sun
×

ठगी गर्ने युवक पक्राउ

Logo
Abc Sanchar प्रकाशित बिहिबार, मंसिर २१, २०८०

(एबिसि संचार )                                                     अनलाइन व्यापारको बहानामा ठगी गर्ने कार्यमा संलग्न एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर ७ स्थायी ठेगाना भएका २५ वर्षीय रमेश श्रेष्ठ रहेका छन् । उनले फेसबुक, टिकटक, इन्स्ट्राग्रामको मार्केट प्लेसमा अनलाइन खाता खोली आईफोन १२ प्रो, आइफोन १३ प्रो जस्ता मोबाइलहरू बिक्रीमा राखेर विभिन्न बहानामा ठगी गरेको उजुरी प्रहरीमा परेको थियो ।  सो उजुरीमो आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको प्रवक्ता रविन्द्र रेग्मीले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

पर्सा । बिरगंज नारायणी अस्पतालमा उपचाररत झाडापखालाका १५ जनामध्ये शंकास्पद शनिबार ८ जनाको परीक्षण गर्दा ची मध्ये ५ जनामा हैजा पुष्टि भएको नारायणी अस्पतालका सूचना अधिकारी डा. उदयनारायण सिंहले जानकारी दिए । उनका अनुसार, हैजा पुष्टि भएका ती सबै वीरगन्ज महानगरपालिका वडा नम्बर १२ मुर्लीका हुन् । यस्तै अर्को एक अस्पतालमा उपचाररत थप २ जनामापनि […]

रौतहट । जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार उक्त शव रौटहटको माधव नारायण नगरपालिका-२ महादेवपट्टी माइत भएकी २६ वर्षीया रुवीकुमारी साहको भएको अनुसन्धानका क्रममा खुलेको हो । रुवीको विवाह भारतको मजफरपुरमा भएको स्थानीयले बताएका छन् । उनी अहिले माइती घरमै बस्दै आएकी थिइन् । रौटहटको माधव नारायण नगरपालिका-२ महादेवपट्टीमा उनको माइती घर छ । गौर नगरपालिका-९ […]

जनकपुर । मधेश प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक उमा प्रसाद चतुर्बेदीद्वारा भर्चुअल माध्यमबाट मधेश प्रदेश प्रहरी कार्यालय मातहत कार्यालयका कार्यालय प्रमुखहरूलाई समसामयिक विषयमा छलफल तथा निर्देशन सम्बोधन कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा डीआइजी चतुर्वेदीले मधेश प्रदेश प्रहरी गण जनकपुरधाम, धनुषा, सम्पुर्ण जिल्ला प्रहरी कार्यालयहरु र आठ वटै जिल्ला ट्राफिक प्रहरी कार्यालयका कार्यालय […]

error: Content is protected !!