२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

नेपालमा अवैध रुपमा भित्रिँदै छ भन्ने सुचना पहिले नै पाएको बताए भन्सार प्रमुख

Logo
Abc Sanchar प्रकाशित शुक्रबार, मंसिर २२, २०८०

(एबिसि संचार )

त्रिभुवन विमानस्थल भन्सार कार्यालय प्रमुख टेकराज पाण्डेले नेपालमा अवैध रुपमा भित्रिँदै छ भन्ने सुचना पहिले नै पाएको बताएका छन् । शुक्रबार पत्रकार सम्मेलन गर्दै पाण्डेले त्रिभुवन विमानस्थलबाट करिब १० किलो सुन भित्रिँदैछ भन्ने सूचना केही दिन अघि नै सूचना प्राप्त भएको बताएका हुन् ।

विमानस्थल भन्सार कार्यालयले गएराति ११:४० बजे फ्लाइ दुबई एफजेड ५७३ बाट आएका चन्द्र घलेलाई १४ किलो सुनसहित पक्राउ गरेको थियो। उनले ज्याकेट बनाएर त्यसमा सुन लुकाएर ल्याएका थिए। यसअघि पाएको सुचनाको आधारमा भन्सार कर्मचारीहरूले विमानस्थलबाटै पछ्याएर पक्राउ गरेको पाण्डेले बताए।उनीबाट ७ वटा बिस्कुट आकारको सुन बरामद गरेको थियो । उनले उक्त सुन गोरखाका मीनबहादुर घलेको बताएका थिए। त्यसपछि प्रहरीले उनलाई पनि पक्राउ गरेको हो। उक्त सुन प्रकरण प्रमुख भन्सार अधिकृत मणिराम पौडेलको संयोजकत्वमा छानबिन समिति बनेको छ। उनीसहित ६ जनाको छानविन समितिलाई ६ दिनभित्र प्रतिवेदन बुझाउन भनिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]