०२ जेठ २०८३, शनिबार
16-05-2026 , Sat
×

पाँच वर्षमा ७ हजार प्रहरीको राजीनामा सबैभन्दा धेरै हवल्दार

Logo
Abc Sanchar प्रकाशित शुक्रबार, मंसिर २२, २०८०

(एबिसि संचार )                                                              पछिल्लो पाँच वर्षमा करिब ७ हजार प्रहरीले राजीनामा दिएका छन्। प्रहरी सेवामाभन्दा अन्य क्षेत्र र विदेशमा आम्दानी राम्रो हुने हुँदा जागिर छाड्नेको संख्या बढेको हो।

पाँच वर्षमा ७ हजार प्रहरीको राजीनामा: सबैभन्दा धेरै हवल्दार, कुन वर्ष कति जनाले छाडे?


Foton

बिजमाण्डू
२०८० मंसिर २१ गते १२:४१ | Dec 7, 2023

NCHL

पाँच वर्षमा ७ हजार प्रहरीको राजीनामा: सबैभन्दा धेरै हवल्दार, कुन वर्ष कति जनाले छाडे?

Gorahi Cement

काठमाडौं । पछिल्लो पाँच वर्षमा करिब ७ हजार प्रहरीले राजीनामा दिएका छन्। प्रहरी सेवामाभन्दा अन्य क्षेत्र र विदेशमा आम्दानी राम्रो हुने हुँदा जागिर छाड्नेको संख्या बढेको हो।

TaTa

यस्तै, प्रहरी सेवामा धेरै समय खट्नुपर्ने र संगठनमा राजनीतिक दलका कारण सरुवा बढुवा हुने हुँदा पनि राजीनामा दिने प्रहरीको संख्या बढेको विज्ञ बताउँछन्।

गएको पाँच वर्षको अवधिमा ६ हजार ९८३ जना प्रहरीले राजीनामा बुझाएको तथ्यांकले देखाएको छ। त्यसो त राजीनामा नै नदिई जागिर छोड्ने प्रहरीको संख्या पनि बढ्दै गएको छ।

प्रहरीको तथ्यांक अनुसार आर्थिक वर्ष २०७४/७५ मा २ हजार ५६४ जना प्रहरीले जागिरबाट राजीनामा दिएका थिए। सो वर्ष १ हजार ८०२ जना हवल्दारले राजीनामा दिए।

त्यस्तै, तीनजना प्रहरी नायव महानिरीक्षक, दुईजना प्रहरी नायव उपरीक्षक, ८ जना प्रहरी निरीक्षक र ३०६ जना प्रहरी जवानले राजीनामा दिएका थिए। सो वर्ष ३१ जना प्रहरी कार्यालय सहयोगीले पनि राजीनामा दिएका थिए।

आर्थिक वर्ष २०७५/७६ मा राजीनामा दिने प्रहरीको संख्या झनै बढ्यो। सो वर्ष ३ हजार ७३ जना प्रहरीले राजीनामा दिएको तथ्यांकले देखाउँछ। राजीनामा दिनेमा प्रहरी हवल्दार नै धेरै देखिए। सो वर्ष २ हजार ८२ जना प्रहरी हवल्दारले राजीनामा दिएका थिए।

त्यस्तै, तीनजना एसपीले समेत राजीनामा दिएका थिए। ४२९ जना प्रहरी जवान, ३५७ जना असई, ९९ जना सई, १५ जना प्रहरी निरीक्षक, ६ जना डीएसपी लगायतले पनि सो वर्ष राजीनामा बुझाएका थिए।

आर्थिक वर्ष २०७६/७७ मा भने राजीनामा दिनेको संख्या करिब एक हजारले घट्यो। सो वर्ष २ हजार ७७ जना प्रहरीले जागिर छोडे। जसमा सबैभन्दा धेरै प्रहरी हवल्दार नै रहेका थिए। १ हजार ३२७ जना प्रहरी हवल्दारले राजीनामा दिएको प्रहरीको तथ्यांकले देखाएको छ।

सो वर्ष ४८ जना प्रहरी कार्यालय सहयोगी, २२४ जना प्रहरी जवान, ३२३ जना प्रहरी सहायक निरीक्षक, १२९ जना प्रहरी नायव निरीक्षकले राजीनामा दिएका थिए। जसमा ११ जना प्रहरी निरीक्षक, ३ जना प्रहरी नायव उपरीक्षक, एकजना प्रहरी उपरीक्षक पनि थिए।

आर्थिक वर्ष २०७७/७८ देखि भने राजीनामा दिने प्रहरीको संख्या घट्दै गएको देखिएको छ। सो वर्ष ७०३ जना प्रहरीले राजीनामा बुझाएको तथ्यांकले देखाउँछ। जसमा ३७ जना प्रहरी कार्यालय सहयोगी, ७७ जना प्रहरी जवान, ३९६ जना प्रहरी हवल्दार, १४१ जना प्रहरी सहायक निरीक्षक, ४१ जना प्रहरी नायव निरीक्षक र ९ जना प्रहरी निरीक्षक रहेका थिए। त्यस्तै दुईजना प्रहरी नायव उपरीक्षकले पनि राजीनामा दिएका थिए।

यस्तै, आर्थिक वर्ष २०७८/७९ मा ४९८ जना प्रहरीले राजीनामा बुझाएको देखिएको छ। जसमा सबैभन्दा धेरै प्रहरी जवान रहेका छन्। त्यस्तै दुईजना एसएसपीले पनि यस वर्ष राजीनामा बुझाएका थिए।

आर्थिक वर्ष २०७९/८० मा भने राजीनामा बुझाउनेको संख्या फेरि बढेको पाइएको छ। सो वर्ष ६३२ जनाले राजीनामा बुझाएको तथ्यांकले देखाउँछ। राजीनामा दिनेमा १०८ जना प्रहरी जवान रहेका छन्।

पाँच वर्षको तथ्यांक हेर्दा राजीनामा दिने प्रहरीमा सबैभन्दा धेरै प्रहरी हवल्दारहरु रहेका छन्। पाँच वर्षमा ३ हजार ९८६ जना प्रहरी हवल्दारले राजीनामा दिएका छन्।

पछिल्लो समय तल्लो तहका प्रहरी कर्मचारी जागिर छोडेर रसियाली सेनामा समेत भर्ना हुने गरेको खुलेको छ।(रास्स)

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । सशस्त्र प्रहरी बल नेपाल, बागेश्वरी ३० गण बाँकेका गणपति *एसपी भिम चन्दको कमान्डमा तालिम प्राप्त कुकुरसहित मुख्य सीमा नाकामा जमुनाहामा कडाइ चेकजाँच सञ्चालन गरिएको छ। *कहाँ र कसरी:* जमुनाहा,जैसपुर जस्ता संवेदनशील नाकामा यो विशेष चेकजाँच गरिएको हो। चेकजाँचमा तस्करी नियन्त्रण र सुरक्षा संवेदनशीलता बढाउने उद्देश्य राखिएको छ। *तालिम प्राप्त कुकुरको भूमिका:* – लुकेका […]

बाँके । ग्राहकको आवागमन घटेपछि उनीहरूले भारतमै नेपाल सरकारविरुद्ध नाराबाजी गर्दै स्थानीय प्रशासनसमक्ष ज्ञापनपत्र समेत बुझाएका छन्। स्थानीय स्रोतका अनुसार सीमावर्ती क्षेत्रमा सुरक्षा जाँच तथा आवतजावतमा गरिएको कडाइका कारण नेपाली उपभोक्ताको किनमेल घटेको छ। यसको प्रत्यक्ष असर भारतीय बजार र साना व्यापारीमाथि परेको बताइएको छ। व्यापारीहरूले व्यवसायमा ठूलो गिरावट आएको गुनासो गर्दै सहज आवतजावतको वातावरण […]

बाँके । *घटना विवरण:* सशस्त्र प्रहरीको टोलीले भारतबाट अवैध रूपमा बाख्रा भित्र्याउँदै गरेको समूहलाई रोक्न खोज्दा तस्करहरूले प्रहरीमाथि बोतल प्रहार गरे। केहीले प्रहरीको हतियार खोस्ने प्रयास पनि गरेका थिए। स्थिति तनावपूर्ण बनेपछि प्रहरीले हतियार तयारी अवस्थामा राखेको थियो। *प्रहरीको भनाइ:* सशस्त्र प्रहरी प्रवक्ता *डिआईजी विष्णु प्रसाद भट्ट*का अनुसार घम्साघम्सी भए पनि *गोली चलाइएको छैन*। प्रहरीले […]

error: Content is protected !!