०२ जेठ २०८३, शनिबार
16-05-2026 , Sat
×

पत्रकार प्रेम देवानमाथि आक्रमण गरेको आरोपमा एक जना पक्राउ

Logo
Abc Sanchar प्रकाशित शुक्रबार, मंसिर २२, २०८०

(एबिसि संचार )                                                                पत्रकार प्रेम देवानमाथि आक्रमण गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्ने मोरङ धनपालथान गाउँपालिका ६ का ३७ वर्षीय रमेश राय रहेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रन्जन कुमार दाहालले जानकारी दिए । राय आक्रमण गर्ने मुख्य व्यक्ति रहेको प्रहरीले जनाएको छ ।  प्रहरीले उनलाई शुक्रबार दिउँसो मोरङको धनपालथानबाट पक्राउ हो ।बिहीबार दिउँसो समाचार संकलन गर्न गएका देवानलाई विराटनगर महानगरपालिकामा बाहिर आक्रमण गरेका थिए । विराटनगर–७, सातघुम्तीमा बुधबार भएको आगलागी नियन्त्रणमा स्थानीय सरकारको भूमिका कमजोर भएको भन्दै पीडित पक्षले गरेको आन्दोलनमा समाचार सङ्कलनका लागि उनी विराटनगर महानगरपालिका पुगेका थिए ।

आन्दोलन गर्दै आएका समूहमध्ये रायले पत्रकार देवानलाई आक्रमण गरेका थिए । आक्रमणबाट उनको बायाँ हातमा चोटपटक लागेको छ ।

देवानले मोरङ प्रहरीमा अभद्र व्यवहारको मुद्दामा रायसहित दुई जनाविरुद्ध उजुरी दिएका छन् । उजुरी परेकामध्ये राय पक्राउ परेका छन् । अर्का एक जनाको खोजी कार्य जारी राखेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । सशस्त्र प्रहरी बल नेपाल, बागेश्वरी ३० गण बाँकेका गणपति *एसपी भिम चन्दको कमान्डमा तालिम प्राप्त कुकुरसहित मुख्य सीमा नाकामा जमुनाहामा कडाइ चेकजाँच सञ्चालन गरिएको छ। *कहाँ र कसरी:* जमुनाहा,जैसपुर जस्ता संवेदनशील नाकामा यो विशेष चेकजाँच गरिएको हो। चेकजाँचमा तस्करी नियन्त्रण र सुरक्षा संवेदनशीलता बढाउने उद्देश्य राखिएको छ। *तालिम प्राप्त कुकुरको भूमिका:* – लुकेका […]

बाँके । ग्राहकको आवागमन घटेपछि उनीहरूले भारतमै नेपाल सरकारविरुद्ध नाराबाजी गर्दै स्थानीय प्रशासनसमक्ष ज्ञापनपत्र समेत बुझाएका छन्। स्थानीय स्रोतका अनुसार सीमावर्ती क्षेत्रमा सुरक्षा जाँच तथा आवतजावतमा गरिएको कडाइका कारण नेपाली उपभोक्ताको किनमेल घटेको छ। यसको प्रत्यक्ष असर भारतीय बजार र साना व्यापारीमाथि परेको बताइएको छ। व्यापारीहरूले व्यवसायमा ठूलो गिरावट आएको गुनासो गर्दै सहज आवतजावतको वातावरण […]

बाँके । *घटना विवरण:* सशस्त्र प्रहरीको टोलीले भारतबाट अवैध रूपमा बाख्रा भित्र्याउँदै गरेको समूहलाई रोक्न खोज्दा तस्करहरूले प्रहरीमाथि बोतल प्रहार गरे। केहीले प्रहरीको हतियार खोस्ने प्रयास पनि गरेका थिए। स्थिति तनावपूर्ण बनेपछि प्रहरीले हतियार तयारी अवस्थामा राखेको थियो। *प्रहरीको भनाइ:* सशस्त्र प्रहरी प्रवक्ता *डिआईजी विष्णु प्रसाद भट्ट*का अनुसार घम्साघम्सी भए पनि *गोली चलाइएको छैन*। प्रहरीले […]

error: Content is protected !!