०२ जेठ २०८३, शनिबार
16-05-2026 , Sat
×

रूपन्देहीका व्यवसायी सडक आन्दोलनमा

Logo
Abc Sanchar प्रकाशित शुक्रबार, मंसिर २२, २०८०

(एबिसि संचार )

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालनको माग गर्दै रूपन्देहीका उद्योगी व्यवसायी सडक आन्दोलनमा उत्रिएका छन्।

निर्माण सम्पन्न भएर उद्घाटन भएको डेढ वर्ष बितिसक्दा पनि अन्तर्राष्ट्रिय उडान सुरू हुन नसकेको भन्दै उद्योगी व्यवसायीहरू दबाबमूलक सडक आन्दोलनमा उत्रिएका हुन्।

रूपन्देहीका ३२ वटा संघसंस्थाहरूको साझा सञ्जाल सिद्धार्थ सञ्जाल रूपन्देहीले नेतृत्व गरेको सडक आन्दोलनमा लुम्बिनी प्रदेशका गृहमन्त्री सन्तोष पाण्डे र सिद्धार्थनगर नगरपालिकाका प्रमुख इस्तियाक अहमद खान समेत सहभागी हुँदै उद्योगी व्यवसायीको आन्दोलनमा ऐक्यबद्धता जनाएका छन्।

अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि एक वर्षसम्म सरकारलाई आग्रह गर्दै र पछिल्लो एक महिनायता विभिन्न कार्यक्रममार्फत् सचेत गराउँदै आए पनि सरकारले सुनुवाइ नगरेको भन्दै सडक आन्दोलनमा उत्रिनुपरेको सिद्धार्थ सञ्जाल रूपन्देहीका अध्यक्ष अनिल ज्ञवालीले बताए।विमानस्थल सञ्चालनको माग गर्दै शुक्रबार बिहान भैरहवाको देवकोटा चोकबाट निकालिएको विरोध प्रदर्शन सहितको र्‍याली बैंकरोड, मिलनचोक र नारायणपथ हुँदै बुद्धचोकमा पुगेर कोणसभामा परिणत भएको थियो।

कोण सभामा बोल्दै लुम्बिनी प्रदेशका गृहमन्त्री सन्तोष पाण्डेयले संघीय सरकारले अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्न सक्दैन भने प्रदेश सरकारले नेतृत्व लिएर सञ्चालन गर्ने बताए।

केन्द्रीय सत्ता र शक्तिमा रहेकाहरूले आन्दोलन नगरेसम्म र शक्ति प्रदर्शन नगरेसम्म जनताका माग सुनुवाइ नगर्ने उल्लेख गर्दै गृहमन्त्री पाण्डेयले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि आफू जस्तोसुकै आन्दोलन गर्न पनि तयार रहेको बताए।(रास्स)

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । सशस्त्र प्रहरी बल नेपाल, बागेश्वरी ३० गण बाँकेका गणपति *एसपी भिम चन्दको कमान्डमा तालिम प्राप्त कुकुरसहित मुख्य सीमा नाकामा जमुनाहामा कडाइ चेकजाँच सञ्चालन गरिएको छ। *कहाँ र कसरी:* जमुनाहा,जैसपुर जस्ता संवेदनशील नाकामा यो विशेष चेकजाँच गरिएको हो। चेकजाँचमा तस्करी नियन्त्रण र सुरक्षा संवेदनशीलता बढाउने उद्देश्य राखिएको छ। *तालिम प्राप्त कुकुरको भूमिका:* – लुकेका […]

बाँके । ग्राहकको आवागमन घटेपछि उनीहरूले भारतमै नेपाल सरकारविरुद्ध नाराबाजी गर्दै स्थानीय प्रशासनसमक्ष ज्ञापनपत्र समेत बुझाएका छन्। स्थानीय स्रोतका अनुसार सीमावर्ती क्षेत्रमा सुरक्षा जाँच तथा आवतजावतमा गरिएको कडाइका कारण नेपाली उपभोक्ताको किनमेल घटेको छ। यसको प्रत्यक्ष असर भारतीय बजार र साना व्यापारीमाथि परेको बताइएको छ। व्यापारीहरूले व्यवसायमा ठूलो गिरावट आएको गुनासो गर्दै सहज आवतजावतको वातावरण […]

बाँके । *घटना विवरण:* सशस्त्र प्रहरीको टोलीले भारतबाट अवैध रूपमा बाख्रा भित्र्याउँदै गरेको समूहलाई रोक्न खोज्दा तस्करहरूले प्रहरीमाथि बोतल प्रहार गरे। केहीले प्रहरीको हतियार खोस्ने प्रयास पनि गरेका थिए। स्थिति तनावपूर्ण बनेपछि प्रहरीले हतियार तयारी अवस्थामा राखेको थियो। *प्रहरीको भनाइ:* सशस्त्र प्रहरी प्रवक्ता *डिआईजी विष्णु प्रसाद भट्ट*का अनुसार घम्साघम्सी भए पनि *गोली चलाइएको छैन*। प्रहरीले […]

error: Content is protected !!