२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

राष्ट्रिय अनुसन्धानको कर्मचारी बनाईदिने भन्दै ठगी गर्ने खाँ बाँके प्रहरीको फन्दामा

Logo
Abc Sanchar प्रकाशित शनिबार, मंसिर २३, २०८०

 

ABC (क्राईमबिट)
काठमाडौं । सरकारी जागिर खानका लागि मान्छेले के सम्म गर्छन् भन्ने कुराको पछिल्लो उदाहरण बनेका छन्, नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १७ निवासी प्रदिप बर्मा । बेरोजगारी समस्याबाट प्रताडित भएका बर्माले जब सरकारी जागिर खाने निधो गरे, उनको सम्पर्कमा आए, नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २२ नहरपुर्वा निवासी फहद खाँ ।

बेरोजगार बर्मालाई खाँले सजिलैसँग सरकारी जागिर खुवाउने कुरामा आश्वास्त पार्न भ्याए । त्यसपछि उनले बर्मासँग शैक्षिक योग्यताका प्रमाणपत्रहरु मागे । बर्माले पनि उनलाई सजिलै विश्वास गरेर आफुसँग भएका कागजातहरु हात पारे । खाँले बर्मालाई सरकारी छाप किर्ते गरेर राष्ट्रिय अनुसन्धानको नक्कली नियुक्तीपत्र दिन नै भ्याए ।

आफुलाई दिइएको नियुक्तीपत्र नक्कली हो वा सक्कली भनेर बर्माले कुनै भेउ पाएनन् । बरु जागिर खुवाए वापत बर्माले गत भदौं ३ गते खाँलाई नगद २६ हजार बुझाए । नियुक्तीपत्र पाएपछि उनले राष्ट्रिय अनुसन्धानका लागि फिल्डमा खटिएर काम गर्न सुरु गरे । जागिर सुरु गरेको जब महिना दिन पुग्यो, बर्माले तलब माग्न थाले । त्यसपछि खाँ सम्पर्कमा नै आएनन् ।

आफुलाई सरकारी छाप किर्ते गरेर नक्कली नियुक्तीपत्र दिएको कुरा बर्माले तब मात्र थाहा पाए । वास्तविक कुरा थाहा पाउँदा बर्मा छांगाबाट खसेझै भए । त्यसपछि उनी कानुनी कारबाहीका लागि प्रहरीको सम्पर्कमा पुगे ।

बर्माको निवेदन आएपछि जिल्ला प्रहरी कार्यालय बाँकेले खाँलाई खोज्न सुरु गर्यो । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक नारायण डाँगीका अनुसार राष्ट्रिय अनुसन्धानको कर्मचारी बनाईदिने भन्दै ठगी गर्ने खाँ अन्ततः प्रहरीको फन्दामा परेका छन् । आरोपी खाँलाई पक्राउ गरी अनुसन्धान प्रक्रिया अगाडी बढाइएको उनले बताए । कार्यालयमा पीडितले सूचना दिएपछि नेपालगन्ज–२२ नहरपुर्वा निवासी खाँलाई नियन्त्रणमा लिइएको प्रवक्ता डाँगीले जानकारी दिए ।

‘कोही कसैले कसैलाई राष्ट्रिय अनुसन्धानको कर्मचारी बनाईदिन्छु भनी ठगी गरेको जानकारी पाएमा जिल्ला प्रहरी कार्यालय बाँकेमा जाहेरी दिन समेत यसै विज्ञप्ति मार्फत सूचित गरिन्छ,’ जिप्रका बाँकेद्धारा जारी नोटमा भनिएको छ । आरोपी खाँले जागिर लगाईदिन्छु भन्दै अन्य ब्यक्तीलाई पनि ठगेको हुन सक्ने बाँके प्रहरीको आशंका छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]