०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

६ किलो सुन बरामद, २ जना विदेशी पक्राउ

Logo
Abc Sanchar प्रकाशित आइतबार, मंसिर २४, २०८०

(एबिसि संचार )

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साढे ६ किलो सुन बरामद भएको छ।

विमानस्थल सुरक्षा प्रहरी कार्यालयका  डिआइजी अर्जुन चन्द ठकुरीले फ्लाइ दुबईको जहाजमा आएका यात्रुको साथबाट गए राति साढे ६ केजी सुन बरामद गरिएको सेतोपाटीलाई बताए।

‘गए राति ११ बजेर ५१ मिनेटमा फ्लाइ दुबईको जहाज अवतरण भएको थियो। अलिअलि सुराकीको आधारमा हामीले फलो गरेका थियौं,’ उनले भने, ‘राति १२;४५ बजे चेकजाँच गर्दा ज्याकेटमा खल्ती बनाएर छ थान बिस्कुटजस्तो अर्ध ठोस अवस्थाको सुन बरामद गरिएको हो।’

सुन अर्ध ठोस बनाउनुको कारण मेटल डिटेक्टरमा आवाज आउँदैन कि भन्ने रहेको बुझिएको उनले बताए। ‘उक्न सुन ६ किलो पाँच सय ६५ ग्रामको छ,’ उनले भने।सुन बोक्ने व्यक्ति ३२ वर्षीय इजिप्टका नागरिक सेरिफ मोहम्मद मोहम्मद ल्यासिन रहेको डिआइजी चन्दले बताए।

ऊसँगै सुडानी नागरिकलाई पक्राउ गरेका छौं। शंकास्पद भएर पक्रेको हो, उसले संलग्नता छैन त भनिरहेको छ, अनुसन्धानबाट खुल्छ।’

बरामद सुन र व्यक्तिलाई विमानस्थल भन्सार कार्यालयमा बुझाइएको छ। त्रिभुवन विमानस्थल भन्सार कार्यालय प्रमुख टोकराज पाण्डेले शनिबार राति साढे ६ किलो सुन बरामद भएको बताए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!