०२ जेठ २०८३, शनिबार
16-05-2026 , Sat
×

६ किलो सुन बरामद, २ जना विदेशी पक्राउ

Logo
Abc Sanchar प्रकाशित आइतबार, मंसिर २४, २०८०

(एबिसि संचार )

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साढे ६ किलो सुन बरामद भएको छ।

विमानस्थल सुरक्षा प्रहरी कार्यालयका  डिआइजी अर्जुन चन्द ठकुरीले फ्लाइ दुबईको जहाजमा आएका यात्रुको साथबाट गए राति साढे ६ केजी सुन बरामद गरिएको सेतोपाटीलाई बताए।

‘गए राति ११ बजेर ५१ मिनेटमा फ्लाइ दुबईको जहाज अवतरण भएको थियो। अलिअलि सुराकीको आधारमा हामीले फलो गरेका थियौं,’ उनले भने, ‘राति १२;४५ बजे चेकजाँच गर्दा ज्याकेटमा खल्ती बनाएर छ थान बिस्कुटजस्तो अर्ध ठोस अवस्थाको सुन बरामद गरिएको हो।’

सुन अर्ध ठोस बनाउनुको कारण मेटल डिटेक्टरमा आवाज आउँदैन कि भन्ने रहेको बुझिएको उनले बताए। ‘उक्न सुन ६ किलो पाँच सय ६५ ग्रामको छ,’ उनले भने।सुन बोक्ने व्यक्ति ३२ वर्षीय इजिप्टका नागरिक सेरिफ मोहम्मद मोहम्मद ल्यासिन रहेको डिआइजी चन्दले बताए।

ऊसँगै सुडानी नागरिकलाई पक्राउ गरेका छौं। शंकास्पद भएर पक्रेको हो, उसले संलग्नता छैन त भनिरहेको छ, अनुसन्धानबाट खुल्छ।’

बरामद सुन र व्यक्तिलाई विमानस्थल भन्सार कार्यालयमा बुझाइएको छ। त्रिभुवन विमानस्थल भन्सार कार्यालय प्रमुख टोकराज पाण्डेले शनिबार राति साढे ६ किलो सुन बरामद भएको बताए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । सशस्त्र प्रहरी बल नेपाल, बागेश्वरी ३० गण बाँकेका गणपति *एसपी भिम चन्दको कमान्डमा तालिम प्राप्त कुकुरसहित मुख्य सीमा नाकामा जमुनाहामा कडाइ चेकजाँच सञ्चालन गरिएको छ। *कहाँ र कसरी:* जमुनाहा,जैसपुर जस्ता संवेदनशील नाकामा यो विशेष चेकजाँच गरिएको हो। चेकजाँचमा तस्करी नियन्त्रण र सुरक्षा संवेदनशीलता बढाउने उद्देश्य राखिएको छ। *तालिम प्राप्त कुकुरको भूमिका:* – लुकेका […]

बाँके । ग्राहकको आवागमन घटेपछि उनीहरूले भारतमै नेपाल सरकारविरुद्ध नाराबाजी गर्दै स्थानीय प्रशासनसमक्ष ज्ञापनपत्र समेत बुझाएका छन्। स्थानीय स्रोतका अनुसार सीमावर्ती क्षेत्रमा सुरक्षा जाँच तथा आवतजावतमा गरिएको कडाइका कारण नेपाली उपभोक्ताको किनमेल घटेको छ। यसको प्रत्यक्ष असर भारतीय बजार र साना व्यापारीमाथि परेको बताइएको छ। व्यापारीहरूले व्यवसायमा ठूलो गिरावट आएको गुनासो गर्दै सहज आवतजावतको वातावरण […]

बाँके । *घटना विवरण:* सशस्त्र प्रहरीको टोलीले भारतबाट अवैध रूपमा बाख्रा भित्र्याउँदै गरेको समूहलाई रोक्न खोज्दा तस्करहरूले प्रहरीमाथि बोतल प्रहार गरे। केहीले प्रहरीको हतियार खोस्ने प्रयास पनि गरेका थिए। स्थिति तनावपूर्ण बनेपछि प्रहरीले हतियार तयारी अवस्थामा राखेको थियो। *प्रहरीको भनाइ:* सशस्त्र प्रहरी प्रवक्ता *डिआईजी विष्णु प्रसाद भट्ट*का अनुसार घम्साघम्सी भए पनि *गोली चलाइएको छैन*। प्रहरीले […]

error: Content is protected !!