
(एबिसि संचार )
नागढुंगाबाट बरामद भएको दुई किलो सुन प्रकरणमा थप एकजना पक्राउ परेका छन् ।
प्रहरीले चिनियाँ नागरिक २७ वर्षीय चेन झिवीलाई पक्राउ गरेको हो । उनलाई काठमाडौंस्थित सोह्रखुट्टेबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।गएको बिहीबार राति ९स्४० बजेतिर दुई किलो अवैध सुनसहित नागढुंगाबाट तीनजनालाई पक्राउ गरेको थियो ।प्रहरीले रसुवाका २६ वर्षीय बिरु तामाङ, २१ वर्षीय सुनिल भुजेल र २८ वर्षीय ग्याल छिरिङ तामाङलाई पक्राउ गरेको थियो । उनीहरू तीनैजना रसुवाको गोसाईकुण्ड गाउँपालिका–३ का स्थानीय हुन् ।चिनियाँ नागरिक चेन झिवी भने फरार भएका थिए ।