२९ मंसिर २०८२, सोमबार
15-12-2025 , Mon
×

२९ तोला सुनसहित दु्ईजना पक्राउ

Logo
Abc Sanchar प्रकाशित आइतबार, मंसिर २४, २०८०

(एबिसि संचार )

बर्दियामा स्रोत नखुलेको २९ तोला सुनसहित दुई जना पक्राउ परेका छन् । शनिबार पक्राउ गरिएका दुई जनालाई आइतबार सुन र प्रयोग गरिएको सवारी साधनसहित प्रहरीले सार्वजनिक गरेको छ !

पक्राउ पर्नेमा बाँके नेपालगन्ज उपमहानगरपालिका–१९ राझाका २९ वर्षीय मोहन विक र कार चालक बाँके राप्ती सोनारी गाउँपालिका–२ स्थायी घर भई डुडुवा गाउँपालिका–५ जब्दहवाका ३८ वर्षीय देवेन्द्रबहादुर घर्ती रहेको प्रहरीले जनाएको छ ।
प्रहरी उपरीक्षक सुधीरराज शाहीका अनुसार उनीहरुलाई सुनका गरगहनासहित प्रदेश ३–०१–०२३–८१६८ नम्बरको हुण्डाई कारसहित पक्राउ गरिएको हो ।ईलाका प्रहरी कार्यालय बगनाहा, मोतीपुर र कतरनियाको संयुक्त टोलीले पूर्वपश्चिम राजमार्गमा जाँच गर्दा गरगहना बरामद गरिएको प्रहरी उपरीक्षक शाहीले जनाए

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । धेरै जसो नेपालीका छोराछोरी अमेरिका, अस्ट्रेलिया, क्यानडा,बेलायतलगायत विकसित मुलुकमा छन्। उनीहरु पढ्न अर्थात् अध्ययन भिसामा त्यता गएका हुन्। पढ्न भनेर गएपनि नेपाली विद्यार्थीहरु त्यहाँ काम गर्ने गर्छन्। तर, अहिले छोराछोरी विकसित मुलुकमा रहेका अभिभावकहरु भन्छन्, ‘त्यहाँको सरकारले काम गर्नै दिएको छैन रे। काम गर्न नपाएपछि पैसा हुँदैन। यताबाट पठाउन पनि पैसा छैन। कलेज […]

कपिलवस्तु । प्रहरी र प्रशासनका उच्च अधिकारीहरूसँग चिनजान रहेको भन्दै हिरासतमा रहेका व्यक्तिको मुद्दा मिलाइदिने प्रलोभन देखाई रकम ठगी गर्ने दुई जनालाई कपिलवस्तु प्रहरीले पक्राउ गरेको छ। कुटपिट तथा ज्यान मार्ने उद्योग मुद्दामा थुनामा रहेका प्रलाहद केवटकी श्रीमतीसँग मुद्दा दर्ता गर्न नदिने र मिलाइदिने भन्दै १० हजार रुपैयाँ असुल्ने बुद्धभुमी नगरपालिका–१० का ५० वर्षीय अयोध्यालाल […]

काठमाडौं । ललितपुरको सातदोबाटोमा अवस्थित प्रहरी वृत्त, ट्राफिक प्रहरी परिसर र काठमाडौँको बौद्धमा अवस्थित प्रहरी वृत्त पुनर्निमाण पछि स्थानीयले प्रहरीलाई हस्तान्तरण गरेका हुन् । आइतबार भएको हस्तान्तरण कार्यक्रममा आईजीपी दानबहादुर कार्की उपस्थित थिए । सातदोबाटोमा रहेको प्रहरी वृत्त र ट्राफिक प्रहरी परिसर हास्य कलाकार किरण केसी ‘राता मकै’ को नेतृत्वमा पुनर्निर्माण गरिएको हो । जेनजी […]

error: Content is protected !!