०२ जेठ २०८३, शनिबार
16-05-2026 , Sat
×

रुपन्देहीको सियारीबाट एकजनालाई पेस्तोलसहित पक्राउ

Logo
Abc Sanchar प्रकाशित सोमबार, मंसिर २५, २०८०

(एबिसि संचार )

सशस्त्र प्रहरी बलले रुपन्देहीको सियारीबाट एकजनालाई पेस्तोलसहित पक्राउ गरेको छ। सियारी गाउँपालिका वडा नं. २, च्याङ्था इलाकाबाट स्थानीय बर्ष ४१ को अमेरिका थारु भनिने अजय थारू पक्राउ परेका हुन्।

सशस्त्रको सुरक्षा बेश अमुवाबाट सशस्त्र प्रहरी निरीक्षक दीपक खड्काको कमाण्डमा खटिएको ९ जनाको मोबाइल टोलीले चेकजाँच गर्ने क्रममा आईतबार राति पौने ११ बजेतिर थारुलाई पेस्तोलसहित पक्राउ गरेको हो।

थारुको साथबाट अन्दाजी ६ मि.मि. राउण्ड लाग्ने रिभलवर पेस्तोल नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी बल नम्वर २७ गण रुपन्देहीका प्रवक्ता मोहन न्यौपानेले जानकारी दिए।

पक्राउ परेका थारुलाई आवश्यक कारवाहीको लागि आईतबार राति नै इलाका प्रहरी कार्यालय छपियामा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । सशस्त्र प्रहरी बल नेपाल, बागेश्वरी ३० गण बाँकेका गणपति *एसपी भिम चन्दको कमान्डमा तालिम प्राप्त कुकुरसहित मुख्य सीमा नाकामा जमुनाहामा कडाइ चेकजाँच सञ्चालन गरिएको छ। *कहाँ र कसरी:* जमुनाहा,जैसपुर जस्ता संवेदनशील नाकामा यो विशेष चेकजाँच गरिएको हो। चेकजाँचमा तस्करी नियन्त्रण र सुरक्षा संवेदनशीलता बढाउने उद्देश्य राखिएको छ। *तालिम प्राप्त कुकुरको भूमिका:* – लुकेका […]

बाँके । ग्राहकको आवागमन घटेपछि उनीहरूले भारतमै नेपाल सरकारविरुद्ध नाराबाजी गर्दै स्थानीय प्रशासनसमक्ष ज्ञापनपत्र समेत बुझाएका छन्। स्थानीय स्रोतका अनुसार सीमावर्ती क्षेत्रमा सुरक्षा जाँच तथा आवतजावतमा गरिएको कडाइका कारण नेपाली उपभोक्ताको किनमेल घटेको छ। यसको प्रत्यक्ष असर भारतीय बजार र साना व्यापारीमाथि परेको बताइएको छ। व्यापारीहरूले व्यवसायमा ठूलो गिरावट आएको गुनासो गर्दै सहज आवतजावतको वातावरण […]

बाँके । *घटना विवरण:* सशस्त्र प्रहरीको टोलीले भारतबाट अवैध रूपमा बाख्रा भित्र्याउँदै गरेको समूहलाई रोक्न खोज्दा तस्करहरूले प्रहरीमाथि बोतल प्रहार गरे। केहीले प्रहरीको हतियार खोस्ने प्रयास पनि गरेका थिए। स्थिति तनावपूर्ण बनेपछि प्रहरीले हतियार तयारी अवस्थामा राखेको थियो। *प्रहरीको भनाइ:* सशस्त्र प्रहरी प्रवक्ता *डिआईजी विष्णु प्रसाद भट्ट*का अनुसार घम्साघम्सी भए पनि *गोली चलाइएको छैन*। प्रहरीले […]

error: Content is protected !!