(एबिसि संचार ) बर्दियामा मन्दिरबाट चोरी गरेको शालिग्रामसहित एक पुरुष पक्राउ परेका छन् । ठाकुर बाबा नगरपालिका–९ गोब्रेला बस्ने ३४ वर्षीय महेन्द्र विकलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको हो ।ठाकुरद्वारास्थित ठाकुर बाबा मन्दिर परिसर भित्रबाट चोरी गरेको १ किलोग्राम तौल बराबरको ठुलो शालिग्राम १ थान, ३ सय ग्राम बराबरको शालिग्राम ३ थान र २ सय ५० ग्राम पितलको घोडा १ थानसहित उनलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ ।अस्थायी प्रहरी पोस्ट ठाकुरद्वाराबाट खटिएको प्रहरीले अनुसन्धानको क्रममा उनको घर तलासी गर्दा चोरी गरेका सामान फेला परेको प्रहरीले जनाएको छ ।