(एबिसि संचार )
धनगढीमा झण्डै तीन किलोग्राम चरेससहित बझाङका एम्बुलेन्स चालक समातिएका छन् ।
आज (सोमबार) बझाङको रायल स्वास्थ्य केन्द्रको एम्बुलेन्सका चालक २ किलोग्राम ८ सय ग्राम चरेससहित समातिएका हुन् ।बझाङबाट विरामी ल्याएर धनगढी आएका एम्बुलेन्स चालक केदारस्यु गाउँपालिका– ३ का ३७ वर्षीय रामबहादुर खातीबाट चरेस बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।