२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

६ सहसचिवको जिम्मेवारी हेरफेर

Logo
Abc Sanchar प्रकाशित मंगलबार, मंसिर २६, २०८०

(एबिसि संचार )                                                              अर्थ मन्त्रालयले ६ जना सहसचिवको जिम्मेवारी हेरफेर तथा पदस्थापन गरेको छ । तीन महिनाभन्दा बढी समयदेखि बरन्डामा थन्क्याएर राखिएका सहसचिवहरु क्रमशः महेश आचार्य, राजेश्वर ज्ञवाली, शम्भु प्रसाद मरासिनी, महेश बराल, अमृत लम्साल र पार्वती शर्माको पदस्थापन तथा जिम्मेवारी हेरफेर भएको हो ।प्रशासन महाशाखाको जिम्मेवारी आचार्यलाई दिइएको छ भने राजेश्वर ज्ञवालीलाई महालेखा नियन्त्रकको कार्यालयमा पठाइएको छ । त्यसैगरी महालेखा नियन्त्रकको कार्यालयका शम्भु प्रसाद मरासिनीलाई भन्सार जाँच पास परीक्षण कार्यालयको प्रमुख भन्सार परीक्षण प्रशासकमा पठाइएको छ भने सहसचिव महेश बराललाई कर प्रणाली सुधार सम्बन्धी उच्चस्तरीय सुझाव समितिको जिम्मेवारी दिइएको मन्त्रालयले जनाएको छ।सहसचिव अमृत लम्साललाई बबरमहलस्थित मध्यमस्तरीय करदाता कार्यालयको प्रमुख कर प्रशासकमा र पार्वती शर्मालाई आन्तरिक राजश्व विभागको उपमहानिर्देशकमा पठाइएको मन्त्रालयले जनाएको छ ।अर्थमन्त्री डा. प्रकाश शरण महतले प्रशासन महाशाखालाई सहसचिवहरूको सरुवा तथा पदस्थापन गर्न प्रशासन महाशाखालाई निर्देशनका दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]