०१ जेठ २०८३, शुक्रबार
15-05-2026 , Fri
×

जनता पार्टी आजपाद्वारा मधेस बन्द घोषणा

Logo
Abc Sanchar प्रकाशित मंगलबार, मंसिर २६, २०८०

(एबिसि संचार )

आम जनता पार्टी (आजपा)ले आउँदो माघ १० गते मधेस बन्दको घोषणा गरेको छ । आजपा मधेस प्रदेश कमिटी र बैंक तथा वितिय पीडित संघर्ष समितिले मधेस बन्दको घोषणा गरेको हो ।

बैङ्कहरूले मनोमानी ढङ्गले लिइएको ब्याज फिर्ता गर्नुपर्ने, लघुवित्त तथा सहकारीबाट गरिब किसानले लिइएको कर्जा माफी गर्नुपर्ने, आम जनतालाई सहज रुपमा कर्जाको व्यवस्था गर्नुपर्ने लगायतका माग गर्दै आजपाले मधेस बन्दको घोषणा गरेको हो ।

यी मागहरू उठाउँदै गत हप्ता आजपाले मधेस प्रदेशको राजधानी जनकपुरमा विरोध प्रदर्शन गरेको थियो । सरकारसँग यी माग गर्दै आजपाले यथाशीघ्र सम्बोधन गर्न आग्रह गरेको थियो । तर सरकारले आफूहरूको माग सम्बोधन गर्ने विषयलाई गम्भीर रुपमा नलिएको भन्दै आजपाले आम हडताल गर्ने अवस्थामा पुगेको हो ।

आजपा मधेस प्रदेशका इन्चार्ज सुधिर यादव र अध्यक्ष उमेश कुशवाहाले संयुक्त रुपमा आज एक विज्ञप्ति जारी गर्दै सरकारलाई दबाब दिने उद्देश्यले मधेस बन्दको घोषणा गरिएको जनाएका छन् ।

‘हामी मागहरूको सम्बोधन गर्न निरन्तर आवाज उठाई रहे पनि सरकार गम्भीर नदेखिएको सन्दर्भमा बाध्य भई संघर्षको कार्यक्रम घोषणा गर्नु परेको छ’ आजपा मधेस प्रदेशका इन्चार्ज यादवले भने ।

आजपाले पौष १२ गते प्रदेश स्तरीय भेला वीरगन्जमा गर्ने, १३ पौष मसान्तसम्म स्थानीय तहमा पीडितहरूसँग अन्तरक्रिया तथा संघर्ष समिति गठन गर्ने, १ माघ देखी ८ माघ सम्म प्रत्येक जिल्लामा अन्तरक्रिया तथा संघर्ष समिति गठन गर्ने ९ माघमा प्रत्येक जिल्लामा मोटरसाइकल र्‍याली तथा मसाल जुलुस गर्ने र १० माघमा मधेस बन्द गर्ने कार्यक्रम रहेको आजपा प्रवक्ता चन्दभुषण साहले जनाएका छन् ।(रास्स)

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । सशस्त्र प्रहरी बल नेपाल, बागेश्वरी ३० गण बाँकेका गणपति *एसपी भिम चन्दको कमान्डमा तालिम प्राप्त कुकुरसहित मुख्य सीमा नाकामा जमुनाहामा कडाइ चेकजाँच सञ्चालन गरिएको छ। *कहाँ र कसरी:* जमुनाहा,जैसपुर जस्ता संवेदनशील नाकामा यो विशेष चेकजाँच गरिएको हो। चेकजाँचमा तस्करी नियन्त्रण र सुरक्षा संवेदनशीलता बढाउने उद्देश्य राखिएको छ। *तालिम प्राप्त कुकुरको भूमिका:* – लुकेका […]

बाँके । ग्राहकको आवागमन घटेपछि उनीहरूले भारतमै नेपाल सरकारविरुद्ध नाराबाजी गर्दै स्थानीय प्रशासनसमक्ष ज्ञापनपत्र समेत बुझाएका छन्। स्थानीय स्रोतका अनुसार सीमावर्ती क्षेत्रमा सुरक्षा जाँच तथा आवतजावतमा गरिएको कडाइका कारण नेपाली उपभोक्ताको किनमेल घटेको छ। यसको प्रत्यक्ष असर भारतीय बजार र साना व्यापारीमाथि परेको बताइएको छ। व्यापारीहरूले व्यवसायमा ठूलो गिरावट आएको गुनासो गर्दै सहज आवतजावतको वातावरण […]

बाँके । *घटना विवरण:* सशस्त्र प्रहरीको टोलीले भारतबाट अवैध रूपमा बाख्रा भित्र्याउँदै गरेको समूहलाई रोक्न खोज्दा तस्करहरूले प्रहरीमाथि बोतल प्रहार गरे। केहीले प्रहरीको हतियार खोस्ने प्रयास पनि गरेका थिए। स्थिति तनावपूर्ण बनेपछि प्रहरीले हतियार तयारी अवस्थामा राखेको थियो। *प्रहरीको भनाइ:* सशस्त्र प्रहरी प्रवक्ता *डिआईजी विष्णु प्रसाद भट्ट*का अनुसार घम्साघम्सी भए पनि *गोली चलाइएको छैन*। प्रहरीले […]

error: Content is protected !!