२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

सुन तस्करी प्रकरणमा पक्राउ परेका प्रतिवादीलाई छुटाइदिने भन्दै रकम लिएको आरोपमा एक पत्रकार पक्राउ

Logo
Abc Sanchar प्रकाशित बिहिबार, मंसिर २८, २०८०

(एबिसि संचार )                                                              भेपमार्फत सुन तस्करी प्रकरणमा पक्राउ परेका प्रतिवादीलाई छुटाइदिने भन्दै रकम लिएको आरोपमा एक पत्रकार पक्राउ परेका छन् । पक्राउ पर्नेमा पत्रकार डिल्ली पाण्डे रहेका छन् । सीआइबी श्रोतका अनुसार भेपमार्फत् सुन तस्करी प्रकरणमा पक्राउ परेका नायब सुब्बा रेवन्त खड्कालाई थुनामुक्त गरिदिने भन्दै पत्रकार पाण्डेसहितको टोलीले करिब १ करोड रुपैयाँ ठगी गरेको आरोप लागेको छ । सीआइबीले पाण्डेसहित रितु राई र निरेश चौधरीलाई पक्राउ गरेको थियो । सीआइबी श्रोतका अनुसार पाण्डेको भूमिका रकमको बार्गेनिङ गर्ने विषयमा भन्दा पनि समन्वय गर्ने विषयमा देखिएको र पाण्डेले रितु राईसँग मात्रै कुराकानी तथा कारोबार गरेको पाइएको हो । सीआइबीले राई र चौधरीलाई यसअघि नै सार्वजनिक गरिसकेको छ । यद्यपि पाण्डेको भूमिका के हो भन्ने स्पष्ट नभएकाले सीआइबीले सार्वजनिक गरेको छैन ।पाण्डेले पनि ठगीमा आफ्नो कुनै संलग्नता नरहेको र रितु राईसँग लेनदेन भएकाले आफूले लिनुपर्ने रकम मात्रै आफूले लिएको बताएका छन् । राईले पाण्डेलाई २७ लाख रुपैयाँ दिएको देखिएको सीआइबी श्रोतले बतायो ।

सीआइबी श्रोतका अनुसार ठगीमा पाण्डेको संलग्नता हो कि होइन भन्ने विषयमा समेत अनुसन्धान भइरहेको छ । पाण्डेले लिएको रकम पक्राउ परेका प्रतिवादीलाई छुटाइदिने भनेर लिएका हुन् कि रितु राईसँगको आर्थिक कारोबार मात्रै हो भन्ने सम्बन्धमा समेत अनुसन्धान भइरहेको सीआइबीले जनाएको छ ।

भेपमार्फत् तस्करी भएको ९ किलो सुन प्रकरणमा भन्सार कार्यालयका सुब्बा रेवन्त खड्कालाई काठमाडौँ जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको थियो । पुर्पक्षका लागि थुनामा पुगेका खड्कालाई छुटाइदिने भन्दै भोजपुरकी रिता राईले रेवन्तका बुवामार्फत करिब १ करोड रुपैयाँ बुझेकी थिइन् । त्यही रकममध्ये २७ लाख रुपैयाँ पाण्डेले लिएको रितुले बयान दिएकी थिइन् । रितुकै बयानका आधारमा पाण्डेसमेत पक्राउ परेका हुन् ।(रास्स)

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]