०१ जेठ २०८३, शुक्रबार
15-05-2026 , Fri
×

लुम्बिनी प्रदेशमा महिला कर्मचारीलाई महिनावारीको समयमा बिदा दिने

Logo
Abc Sanchar प्रकाशित शुक्रबार, मंसिर २९, २०८०

(एबिसि संचार )

लुम्बिनी प्रदेशमा महिला कर्मचारीलाई महिनावारीको समयमा बिदा दिने विधेयक प्रमाणीकरण भएको छ।

अब उक्त विधेयक राजपत्रमा प्रकाशित भएपछि कार्यान्वयनको चरणमा प्रवेश गर्नेछ ।

महिनावारी (पिरियड्स) बिदा दिने व्यवस्थासहित प्रदेश निजामती सेवाको गठन, संचालन र सेवाका शर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक प्रदेश प्रमुख  अमिक शेरचनले गत मंसिर २१ गते प्रमाणीकरण गरेका हुन्।

उक्त विधेयक भदौ २२ गते प्रदेशसभामा पेस भएको थियो। सभामुख तुलराम घर्तीले झन्डै तीन महिनापछि त्यो विधेयक प्रदेश प्रमुख शेरचनकहाँ पठाएपछि बल्ल प्रमाणीकरण भएको हो।

प्रदेश सरकारका प्रवक्तासमेत रहेका गृहमन्त्री सन्तोषकुमार पाण्डेले प्रमाणीकरण भइसकेकाले अबको हप्ता दिनभित्र विधेयक राजपत्रमा प्रकाशित हुने र प्रकाशित भएको चार दिन पछि कार्यान्वयनमा जाने बताए ।

विधेयक कार्यान्वयनको चरणमा प्रवेश गरेपछि महिनावारी हुँदा महिला कर्मचारीले एक दिनको बिदा पाउने उनले जानकारी दिए ।

हामीले धेरै कुरा बुझ्नु पर्छ र त्यो कुरा हामीले धेरैको सल्लाह सुझावका आधारमा मात्रै भएको हो,’ प्रवक्ता पाण्डेले भने ‘ बाहिरबाट धेरै कुरा थाहाँ हुँदैन र आन्तरिक रुपमा बुझ्दै जाँदा  महिनावारी हुँदा एकदिन बिदा दिनु उचित हुन्छ भन्ने सल्लाह पछि यो निर्णय गरिएको हो।’

महिला अधिकारका कुरा सधैँ गरिँदै आएपनि उनीहरूलाई अधिकार दिने सवालमा व्यवहारिक रूपमा त्यो कार्यान्वयन हुनुपर्छ भन्ने उदेश्यले सबैको राय सल्लाह र सुझाव पछि महिनावारीको समयमा एक दिने बिदा दिनु उचित हुन्छ भन्ने लागेरै मुलुकमै पहिलो पटक लुम्बिनी प्रदेश सरकारले यस्तो सुविधा दिन नीतिको सुरुवात गरेको मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले  बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । सशस्त्र प्रहरी बल नेपाल, बागेश्वरी ३० गण बाँकेका गणपति *एसपी भिम चन्दको कमान्डमा तालिम प्राप्त कुकुरसहित मुख्य सीमा नाकामा जमुनाहामा कडाइ चेकजाँच सञ्चालन गरिएको छ। *कहाँ र कसरी:* जमुनाहा,जैसपुर जस्ता संवेदनशील नाकामा यो विशेष चेकजाँच गरिएको हो। चेकजाँचमा तस्करी नियन्त्रण र सुरक्षा संवेदनशीलता बढाउने उद्देश्य राखिएको छ। *तालिम प्राप्त कुकुरको भूमिका:* – लुकेका […]

बाँके । ग्राहकको आवागमन घटेपछि उनीहरूले भारतमै नेपाल सरकारविरुद्ध नाराबाजी गर्दै स्थानीय प्रशासनसमक्ष ज्ञापनपत्र समेत बुझाएका छन्। स्थानीय स्रोतका अनुसार सीमावर्ती क्षेत्रमा सुरक्षा जाँच तथा आवतजावतमा गरिएको कडाइका कारण नेपाली उपभोक्ताको किनमेल घटेको छ। यसको प्रत्यक्ष असर भारतीय बजार र साना व्यापारीमाथि परेको बताइएको छ। व्यापारीहरूले व्यवसायमा ठूलो गिरावट आएको गुनासो गर्दै सहज आवतजावतको वातावरण […]

बाँके । *घटना विवरण:* सशस्त्र प्रहरीको टोलीले भारतबाट अवैध रूपमा बाख्रा भित्र्याउँदै गरेको समूहलाई रोक्न खोज्दा तस्करहरूले प्रहरीमाथि बोतल प्रहार गरे। केहीले प्रहरीको हतियार खोस्ने प्रयास पनि गरेका थिए। स्थिति तनावपूर्ण बनेपछि प्रहरीले हतियार तयारी अवस्थामा राखेको थियो। *प्रहरीको भनाइ:* सशस्त्र प्रहरी प्रवक्ता *डिआईजी विष्णु प्रसाद भट्ट*का अनुसार घम्साघम्सी भए पनि *गोली चलाइएको छैन*। प्रहरीले […]

error: Content is protected !!