(एबिसि संचार )
कैलालीमा घरको छतबाट खसेर गम्भीर घाइते भएका राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान सहायक (असई)को निधन भएको छ । धनगढी उपमहानगरपालिका–२ सन्तोषी टोल बस्ने रवीन्द्र (रमेश) भट्टको धनगढीस्थित निसर्ग हस्पिटलमा उपचारका क्रममा निधन भएको हो ।
मंगलबार बिहान आफ्नै घरको छतबाट खसेर घाइते भएका भट्टको निधन भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता कुलदिप चन्दले जानकारी दिए ।