०१ जेठ २०८३, शुक्रबार
15-05-2026 , Fri
×

बसमा युवतीमाथि बलात्कार

Logo
Abc Sanchar प्रकाशित आइतबार, पुष ०१, २०८०

(एबिसि संचार )                                                              भारतको उत्तर प्रदेशबाट जयपुर आउँदै गरेको बसमा एक युवतीमाथि सामूहिक बलात्कारको घटना सार्वजनिक भएको छ । यस घटनामा एक अभियुक्त पक्राउ परेका छन् । अर्का अभियुक्त फरार रहेकाले उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।यो घटना गत हप्ताको हो । यो घटना डिसेम्बर ९ मा कानपुरबाट जयपुर आउँदै गरेको बसमा भएको थियो । दुवै अभियुक्तले युवतीलाई पालैपालो बलात्कार गरेको आरोप छ । जयपुरको कानोटामा राति अबेर बस रोक्न चालकको केबिनमा एक यात्रुले ढकढक्याएपछि घटना बाहिर आएको हो। पक्राउ परेका मोहम्मद आरिफलाई प्रहरीले शनिबार अदालतमा पेस गरी जेल चलान गरेको छ ।उत्तर प्रदेशकी ती युवतीले जयपुरको कानोटा प्रहरी चौकीमा एफआईआर दर्ता गराएकी छिन् । बस्सीका एसीपी फूलचन्द मीनाले घटनाको अनुसन्धान गरिरहेका छन् । एसीपी मीनाले यस केसको बारेमा बीबीसीलाई भनिन्, ‘युवतीको मेडिकल जाँचपछि मजिस्ट्रेटसमक्ष १६४ बयान लिइयो। एक अभियुक्त ४२ वर्षीय मोहम्मद आरिफलाई गिरफ्तार गरिएको छ। फरार दोस्रो अभियुक्तको खोजी भइरहेको छ र उनको युपीस्थित घरमा छापा मारिएको छ।’उनले भनिन्, ‘आरोपी दुवै चालक र उत्तर प्रदेशका बासिन्दा हुन्। दुवैले बसको चालकको छेउमा रहेको क्याबिनमा पालैपालो बलात्कार गरेका थिए।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । सशस्त्र प्रहरी बल नेपाल, बागेश्वरी ३० गण बाँकेका गणपति *एसपी भिम चन्दको कमान्डमा तालिम प्राप्त कुकुरसहित मुख्य सीमा नाकामा जमुनाहामा कडाइ चेकजाँच सञ्चालन गरिएको छ। *कहाँ र कसरी:* जमुनाहा,जैसपुर जस्ता संवेदनशील नाकामा यो विशेष चेकजाँच गरिएको हो। चेकजाँचमा तस्करी नियन्त्रण र सुरक्षा संवेदनशीलता बढाउने उद्देश्य राखिएको छ। *तालिम प्राप्त कुकुरको भूमिका:* – लुकेका […]

बाँके । ग्राहकको आवागमन घटेपछि उनीहरूले भारतमै नेपाल सरकारविरुद्ध नाराबाजी गर्दै स्थानीय प्रशासनसमक्ष ज्ञापनपत्र समेत बुझाएका छन्। स्थानीय स्रोतका अनुसार सीमावर्ती क्षेत्रमा सुरक्षा जाँच तथा आवतजावतमा गरिएको कडाइका कारण नेपाली उपभोक्ताको किनमेल घटेको छ। यसको प्रत्यक्ष असर भारतीय बजार र साना व्यापारीमाथि परेको बताइएको छ। व्यापारीहरूले व्यवसायमा ठूलो गिरावट आएको गुनासो गर्दै सहज आवतजावतको वातावरण […]

बाँके । *घटना विवरण:* सशस्त्र प्रहरीको टोलीले भारतबाट अवैध रूपमा बाख्रा भित्र्याउँदै गरेको समूहलाई रोक्न खोज्दा तस्करहरूले प्रहरीमाथि बोतल प्रहार गरे। केहीले प्रहरीको हतियार खोस्ने प्रयास पनि गरेका थिए। स्थिति तनावपूर्ण बनेपछि प्रहरीले हतियार तयारी अवस्थामा राखेको थियो। *प्रहरीको भनाइ:* सशस्त्र प्रहरी प्रवक्ता *डिआईजी विष्णु प्रसाद भट्ट*का अनुसार घम्साघम्सी भए पनि *गोली चलाइएको छैन*। प्रहरीले […]

error: Content is protected !!