(एबिसि संचार )
श्रीलंकाका विदेश मन्त्री नेपाल भ्रमणमा आउने भएका छन्।
विदेश मन्त्री मोहम्मद उवैस मेहम्मद अली साब्री नेपाल भ्रमणमा आउन लागेका हुन्।
उनी यही डिसेम्बर २० तारेखमा नेपाल आएर डिसेम्बर २२ मा फर्कने तालिका रहेको परराष्ट्र मन्त्रालय स्रोतले जानकारी दिएको छ।
नेपाल-श्रीलंका संयुक्त आयोगको बैठकमा सहभागी हुन विदेश मन्त्री साब्री नेपाल आउन लागेका हुन्।