२४ साउन २०८३, आइतबार
09-08-2026 , Sun
×

निगमका कर्मचारीको आन्दोलन स्थगित

Logo
Abc Sanchar प्रकाशित सोमबार, पुष ०२, २०८०

(एबिसि संचार )

नेपाल वायुसेवा निगम संयुक्त ट्रेड युनियन संघर्ष समितिले आन्दोलनका कार्यक्रम स्थगन गरेको छ ।

सोमबार १३औँ दिनको दिनबाट उनीहरूले आन्दोलनका कार्यक्रमहरू हालका लागि स्थगित गरेका हुन् । उनीहरूले आइतबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीसँग छलफल गरेका थिए । सोपश्चात मन्त्रीको निर्देशनमा आन्दोलनका कार्यक्रम स्थगित गरेका हुन् ।सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेपाल राष्ट्रिय कर्मचारी संगठनका महासचिव महेशप्रसाद भट्टराईले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री किरातीसँगको भेटमा मन्त्रीले ुग्राउन्ड ह्याडलिङुको विषयमा मन्त्रिपरिषद्‌बाटै निर्णय हुने भएको प्रतिबद्धता जनाएपछि आन्दोलन स्थगित गरेको बताए ।

उनले मन्त्री किरातीले नेपाल वायुसेवा निगमको ुग्राउन्ड ह्याडलिङुलाई सुरक्षित गर्ने र निर्णय गर्दा मन्त्रिपरिषद्ले गर्ने नजिर स्थापित गरेपछि स्थगन गर्ने निर्णय भएको बताए ।

मन्त्रालयले ‘ग्राउन्ड ह्याडलिङको बारेमा नेपाल वायुसेवा निगमलाई पत्राचार गरेको र सरकारले स्वामित्व लिने प्रतिबद्धता जनाएको बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।