०१ जेठ २०८३, शुक्रबार
15-05-2026 , Fri
×

लोक सेवा आयोगले परीक्षामा अमर्यादित क्रियाकलाप गरेको भन्दै तीन जना परीक्षार्थीलाई कारबाही गरेको छ

Logo
Abc Sanchar प्रकाशित मंगलबार, पुष ०३, २०८०

(एबिसि संचार )                                                              लोक सेवा आयोगले परीक्षामा अमर्यादित क्रियाकलाप गरेको भन्दै तीन जना परीक्षार्थीलाई कारबाही गरेको छ । आयोगले विभिन्न पदका लागि लिएको लिखित परीक्षामा अमर्यादित क्रियाकलाप गरेको भन्दै तीन जनाको परीक्षा रद्द गरेको हो । परीक्षा रद्द गर्दै आगामी २ वर्षसम्मका लागि आयोगले लिने कुनै पनि परीक्षा दिन नपाउने सम्मको कारबाही गरेको छ । काठमाडौँमा लिइएको अमिनको परीक्षामा दाहिने कानमा इयरफोन लगाई मोबाइलबाट सम्पर्क गरी उत्तर लेखेको भन्दै रुकुम पश्चिमका दीपक नेपालीलाई कारबाही गरेको छ । उनलाई आयोगले लिने कुनै पनि परीक्षामा २ वर्षसम्म उम्मेदवार हुन नपाउने गरी रोक लगाएको हो ।त्यस्तै जलेश्वरबाट खरिदार पदका उम्मेदवार विनोद बाबु शर्माको समेत परीक्षा रद्ध गरेको छ । उनले उत्तर पुस्तिकामा सहयोगी लेखक र उम्मेदवार दुवैले उत्तर लेखेको भन्दै आयोगले परीक्षा रद्द गरेको हो । त्यस्तै महेन्द्रनगरबाट दिवाकर सापकोटालाई सहायक केन्द्राध्यक्ष र निरीक्षकले खाली पाना कलमले काट्नु भनेकोमा उत्तर पुस्तिकाको खाली पाना च्यातेको भन्दै परीक्षा रद्द गरेको आयोगले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । सशस्त्र प्रहरी बल नेपाल, बागेश्वरी ३० गण बाँकेका गणपति *एसपी भिम चन्दको कमान्डमा तालिम प्राप्त कुकुरसहित मुख्य सीमा नाकामा जमुनाहामा कडाइ चेकजाँच सञ्चालन गरिएको छ। *कहाँ र कसरी:* जमुनाहा,जैसपुर जस्ता संवेदनशील नाकामा यो विशेष चेकजाँच गरिएको हो। चेकजाँचमा तस्करी नियन्त्रण र सुरक्षा संवेदनशीलता बढाउने उद्देश्य राखिएको छ। *तालिम प्राप्त कुकुरको भूमिका:* – लुकेका […]

बाँके । ग्राहकको आवागमन घटेपछि उनीहरूले भारतमै नेपाल सरकारविरुद्ध नाराबाजी गर्दै स्थानीय प्रशासनसमक्ष ज्ञापनपत्र समेत बुझाएका छन्। स्थानीय स्रोतका अनुसार सीमावर्ती क्षेत्रमा सुरक्षा जाँच तथा आवतजावतमा गरिएको कडाइका कारण नेपाली उपभोक्ताको किनमेल घटेको छ। यसको प्रत्यक्ष असर भारतीय बजार र साना व्यापारीमाथि परेको बताइएको छ। व्यापारीहरूले व्यवसायमा ठूलो गिरावट आएको गुनासो गर्दै सहज आवतजावतको वातावरण […]

बाँके । *घटना विवरण:* सशस्त्र प्रहरीको टोलीले भारतबाट अवैध रूपमा बाख्रा भित्र्याउँदै गरेको समूहलाई रोक्न खोज्दा तस्करहरूले प्रहरीमाथि बोतल प्रहार गरे। केहीले प्रहरीको हतियार खोस्ने प्रयास पनि गरेका थिए। स्थिति तनावपूर्ण बनेपछि प्रहरीले हतियार तयारी अवस्थामा राखेको थियो। *प्रहरीको भनाइ:* सशस्त्र प्रहरी प्रवक्ता *डिआईजी विष्णु प्रसाद भट्ट*का अनुसार घम्साघम्सी भए पनि *गोली चलाइएको छैन*। प्रहरीले […]

error: Content is protected !!