२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

काठमाडौं मेडिकल कलेजले सञ्चालन गर्‍यो निःशुल्क स्वास्थ्य शिविर दाङमा

Logo
Abc Sanchar प्रकाशित बिहिबार, पुष ०५, २०८०

(एबिसि संचार )

काठमाडौं मेडिकल कलेजको दाङमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ।

बिहीबार काठमाडौंबाट गएका १९ जना विशेषज्ञ डाक्टरसहितको टोलीले दाङको शान्तिनगरमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेका हुन्।

बालरोग, हाडजोर्नी, नशा, आँखा, नाक, कान, घाँटी, न्यूरो, डेण्टल, स्त्रीरोगसम्बन्धी विशेषज्ञ डाक्टरका टोली शिविरमा पुगेका छन्। उनीहरूले बिरामीको चेकजाँच गरी सल्लाह-सुझावका साथै निःशुल्क औषधि दिएका छन्।

शिविरमा जाँच गराएका कुनै बिरामीको अपरेसन गर्नुपरे सो पनि निःशुल्क गरिदिने मेडिकल संचालक तथा प्रतिनिधि सभा सांसद सुनिल शर्माले बताए। तर त्यसका लागि शिविरमा जाँच गरेको पर्चा बोकेरै काठमाडौं मेडिकल कलेज जानुपर्नेछ।

‘मुटुदेखि मस्तिष्कसम्बन्धी कुनै पनि अपरेसन गर्नु परे यहाँ चेकजाँच गरेको पर्चा लगेर काठमाडौं पुगे हामी निःशुल्क उपचार गरिदिने छौं,’ शर्माले भने, ‘तर बिरामीले आउने जाने भाडाका साथै बस्ने खर्च र औषधि खर्च आफैंले बेहोर्नुपर्छ।’

शर्माले अस्पताल जान नसक्ने ग्रामीण भेगका नागरिकलाई सेवा दिने उदेश्यले शिविर सञ्चालन गरेको बताए।

उनका अनुसार शिविरमा रगत, दिसा- पिसाब चेकजाँच गर्नुका साथै सामान्य रोगहरूको स्क्रिनिङ भइरहेको छ। त्यसैगरी भिडिओ एक्स-रे का साथै मुटु सम्बन्धी इकोकार्डियोग्राफी सेवा पनि प्रदान गरिएको छ।

शान्तिनगर गाउँपालिका अध्यक्ष प्रमोद बस्नेतले विभिन्न स्वास्थ्य समस्या झेल्दै आएका सर्वसाधारणले आफ्नो गाउँमा निःशुल्क चेकजाँचसहित औषधि सेवा पाउँदा खुसी भएको बताए।(रास्स)

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]