१६ बैशाख २०८१, आइतबार
28-04-2024 , Sun
×

ठगेको आरोपमा एक पक्राउ

Logo
Abc Sanchar प्रकाशित बिहिबार, पुष ०५, २०८०

(एबीसि संचार )                                                                माल्टा पठाउँछु भनेर ठगेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउन पर्नेमा खोटाङ घर भएर ललितपुरको सातदोवाटोमा बस्दै आएका वीरेन्द्र उदास छन् । ५५ वर्षीय उदासलाई सातदोवाटोबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीले रातोपाटीलाई बताए । उदासले सविता गुरुङलाई माल्टामा ३ लाख तलब हुने जागिर लगाइदिन्छु भनेर ९ लाख रुपैयाँ रकम ठगेको आरोप छ । माल्टा जान २८ लाख लाग्ने भन्दै उनले सो रकम लिएका हुन् ।९ लाख रकम लिएर सम्पर्क विहीन भएका उदासलाई पक्राउ गरेर वैदेशिक रोजगार विभागमा बुझाइएको एसपी रेग्मीले जानकारी दिए

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार ) काठमाडौंको शंखमूलस्थित एक पसलमा आगलागी भएको छ । दोभान पुलनजिक गाडीको वर्कसप र त्यस वरपरका पसलमा आगलागीबाट क्षति पुगेको छ । आगलागीबाट एउटा मोटर ग्यारेज, पानपसल, चियापसल, माछापसल र फलफूल पसल जलेर नष्ट भएको प्रहरीले जनाएको छ । जलेको ग्यारेज सँगैको अर्को एउटा ग्यारेजमा समेत आगोले क्षति पु¥याएको प्रहरीले जनाएको छ ।ललितपुर […]

(एबिसि संचार ) नक्कली लाइसेन्स प्रकरणमा यातायात व्यवस्था विभागका कम्प्युटर इञ्जिनियर हरिश भट्ट र शाखा अधिकृत सुरज अर्याल पक्राउ परेका छन् । यातायात व्यवस्था विभागको अभिलेख नै सच्याएर नक्कली लाइसेन्स जारी गर्ने काममा संलग्न भएको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले (सीआईबी)ले उनीहरुलाई शनिबार पक्राउ गरेको हो ।

(एबिसि संचार )                                                                  डीआईजी दुर्गा सिंहलाई गण्डकी प्रदेश प्रहरी कार्यालयमा सरुवा गरिएको छ । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले डीआईजी सिंहलाई गण्डकी प्रदेश […]