१७ बैशाख २०८१, सोमबार
29-04-2024 , Mon
×

कंगोमा भारी वर्षाका कारण ४० जनाको मृत्यु

Logo
Abc Sanchar प्रकाशित बिहिबार, पुष १२, २०८०

कंगोको पूर्वी प्रजातान्त्रिक गणतन्त्रको दक्षिण किभु प्रान्तको राजधानी बुकाभुमा भारी वर्षाले बाढी र पहिरोमा परी कम्तीमा ४० जनाको ज्यान गएको स्थानीय अधिकारीहरूले बताएका छन् । प्रान्तीय गभर्नरको कार्यालयकाअनुसार बुकाभुमा कम्तिमा २० जना र वरपरको गाउँ बुर्हिनीमा २० जनाको निधन भएको हो ।

प्रान्तीय अधिकारीहरुले पीडितहरुको खोजीका लागि प्रभावित क्षेत्रमा उद्धार टोली पठाइएको जानकारी दिएका छन् । गत हप्ता दक्षिण किभुको म्वेन्गा क्षेत्रको कालिङ्गी गाउँमा भीषण वर्षाका कारण आएको पहिरोमा परी कम्तीमा २० जनाको मृत्यु भएको थियो ।

मे २०२३ मा दक्षिण किभुको कालेहे क्षेत्रमा भारी वर्षाको कारण बाढी प्रभावित क्षेत्रहरूमा कम्तिमा ४३८ शव फेला परेका थिए । स्थानीय अधिकारीहरूले ५ भन्दा बढी व्यक्ति बेपत्ता भएको अनुमान गरेका छन् । सेप्टेम्बरदेखि मेसम्म चल्ने वर्षाको मौसममा कंगोमा बाढी र पहिरोहरूका घटनाहरु अत्याधिक हुने गर्दछन् ।(रास्स)

कमेन्ट गर्नुहोस्
सम्बन्धित

ब्राजिलका पूर्वफुटबलर फर्वाड रोविन्हो पक्राउ परेका छन् । इटालियन फुटबल क्लब एसी मिलानबाट खेलिरहँदा रोबिन्होमाथि सन् २०१३ मा अल्बानियाकी एक महिलामाथि बलात्कार गरेको आरोप लागेको थियो । दुई वर्षअघि त्यहाँको अदालतले उक्त घटनामा रोबिन्होलाई दोषी ठहर गर्दै ९ वर्षको जेल सजाय सुनाएको थियो । त्यसयता उनी घरमै नजरबन्दमा थिए । इटालियन सरकारलाई सुपुर्दगी गर्न नसकेपछि […]

श्रीलङ्काको जलसेनाले अवैध रूपमा आफ्नो क्षेत्रमा माछा मारिरहेका २१ भारतीयलाई पक्राउ गरेको छ ।             उत्तरी श्रीलङ्काको डेल्फ्ट टापु नजिकै माछा मारिरहेका भारतीय डुङ्गालाई पिछा गर्दै जाँदा शनिवार राति उनीहरूलाई पक्राउ गरिएको सेनाले जनाएको छ ।

(एबिसि संचार ) दुई बालबालिकालाई झ्यालबाट बाहिर फालेर हत्या गर्ने दम्पतीलाई चीनमा मृत्युदण्ड दिइएको छ । बालबालिकाका बुबा झाङ बो र यी चेङचेनलाई सन् २०२० मा दुई वर्षीया बालिका र एक वर्षीय बालकको हत्या गरेको अभियोगमा दोषी ठहर गर्दै मृत्युदण्ड दिएको जनाइएको छ । समाचारमा जनाइएअनुसार झाङको यीसँग अफेयर थियो र पछि आफ्नी श्रीमतीसँग सम्बन्धविच्छेद […]