२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

गाडी आगजनी घटनामा छानबिन गर्न डिआइजीको नेतृत्वमा समिति गठन

Logo
Abc Sanchar प्रकाशित शुक्रबार, पुष १३, २०८०

(एबिसि संचार )

भौतिक पूर्वाधार तथा यातायात मन्त्री गाडी आगजनी भएको घटनाको छानबिन गर्न तीन सदस्यीय समिति गठन गरेको छ।

शुक्रबार दिउँसो मन्त्री ज्वाला चढ्ने ब २ झ ५८६१ नम्बरको गाडी ललितपुरको बालकुमारीमा आगजनी भएको घटनामा दुई जनाको मृत्यु भएपछि छानबिन गर्न उपत्यका प्रहरी कार्यालयका डिआइजी लालमणी आचार्यको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको गृह मन्त्रालयको सचिवालयले जानकारी दिएको छ।

समितिमा ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी अमरदिप सुनुवार र राष्ट्रिय अनुसन्धा विभागका उपनिर्देशक बासु सिग्देल छन्।

कोरियन भाषा परीक्षाको विषयलाई लिएर आन्दोलित समूहले दिउँसो मन्त्रीको गाडीमा आगजनी गरेपछि दुई घन्टाभन्दा बढी समय ग्वार्को क्षेत्र तनावग्रस्त बनेको थियो।स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले लाठिचार्ज, अश्रु ग्यास र गोलीसमेत चलाएको थियो।

घटनामा दुईजनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा २३ वर्षीय सुजन राउत र २२ वर्षीय वीरेन्द्र शाह छन्। राउतको किष्ट अस्पताल र शाहको पाटन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।

प्रहरीले ५४ जनाभन्दा बढी प्रदर्शनकारीहरूलाई नियन्त्रणमा लिएको छ।(रास्स)

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]