२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

लागु औषधसहित ३ जना पक्राउ

Logo
Abc Sanchar प्रकाशित शुक्रबार, पुष १३, २०८०

(एबिसि संचार )                                                              सुर्खेत प्रहरीले वीरेन्द्रनगरबाट लागु औषधसहित ३ जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–९ का १९ वर्षीय रोहन घिसिङ, २६ वर्षीय धनु थापाघिसिङ र वडा नम्बर १० का १९ वर्षीय देवराज रोकाया रहेका छन् ।रोहन र धनुले वीरेन्द्रनगर नगरपालिका–१० मा कोठा भाडामा लिई बस्ने गरेका थिए  । शंकास्पद अवस्थामा फेला परेका उनीहरूको शरीर र कोठा खानतलासी गर्दा १ ग्राम ६६० मिलिग्राम लागु औषध फेला परेको थियो ।जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी लक्ष्मण शाहीका अनुसार उनीहरू दुवै जनालाई पक्राउ गरेर थप अनुसन्धान भइरहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]