०४ जेठ २०८१, शुक्रबार
17-05-2024 , Fri
×

आजको मौसम

Logo
Abc Sanchar प्रकाशित शनिबार, पुष १४, २०८०

(एबिसि संचार )                                                                हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन। मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली, सुदूरपश्चिम प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशको तराईका भू-भामा आंशिक बदली रही  बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी  प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागको एक- दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । बिहानको समयमा देशका पश्चिम तराईका केही स्थानहरूमा लागेको हुस्सु/कुहिरो अपराह्नसम्ममा तथा पूर्व र मध्य तराईका एक-दुई स्थानमा  लागेको हुस्सु मध्यान्नसम्ममा क्रमिक रूपमा सुधार हुँदै जाने सम्भावना रहेको र सोको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा समेत आंशिक प्रभाव पर्न सक्ने सम्भावना रहेको छ। त्यस्तै आइतबार देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ र बाँकी भू-भागमा आंशिक बदली देखी मौसम सामान्यतया सफा रहनेछ। देशको उच्च पहाडी तथा हिमाली भू-भागको थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ । चिसोबाट बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनान महाशाखाको अनुरोध छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार ) हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले अहिले बिहान कोशी, मधेस प्रदेशलगायत पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहेको छ भने बाँकी भू–भागमा आंशिक बदलीदेखि मुख्यतया सफा छ । यस्तै, आज दिउँसो देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने छ भने […]

(एबिसि संचार )                                                                हाल नेपालमा  पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशभरको मौसममा आंशिक बदलीदेखि […]

(एबिसि संचार )                                                                    हाल नेपालमा  पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यद्यपि देशभर आंशिक […]