२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

बाँकेको नौबास्तास्थित बालसुधार गृहका नाबालक कैदी र स्थानीय प्रशासनको बिचमा ५ बुँदे सहमति

Logo
Abc Sanchar प्रकाशित मंगलबार, पुष १७, २०८०

(एबिसि संचार )                                                              बाँकेको नौबास्तास्थित बालसुधार गृहका नाबालक कैदी र स्थानीय प्रशासनको बिचमा ५ बुँदे सहमति भएको छ । सहमतिसँगै १४ पुसबाट सुधार गृहमा शुरु भएको विवादको शृङ्खला टुङ्गिएको छ ।बैजनाथ गाउँपालिका–२ स्थित बाँके बाल सुधार गृहका कैदीहरूका आधारभूत मागहरू सम्बोधन गर्ने सहमति भएको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले रातोपाटीलाई बताए । उनले भने–‘प्रजिअको तर्फबाट पुरा गर्न सक्ने मागहरू पुरा गर्छु, अन्य निकायसँग समन्वय गरेर पुरा गर्ने मागहरू पुरा गर्न पहल गर्छु ।’स्थानीय प्रशासन र कैदीहरूको बिचमा गुणस्तरीय खानेपानीको आपूर्ति, मनोरञ्जनको व्यवस्था र पढ्ने वातावरण मिलाउने, उपचारको प्रबन्ध गर्ने र सुधार गृह भित्र सीपमूलक तालिम सञ्चालन गर्ने सहमति भएको छ । त्यस्तै, सुधार गृहमा मनोसामाजिक परामर्श दिने व्यवस्था मिलाउने पनि सहमति भएको छ । सहमतिसँगै कैदीहरू दुईवटा ब्लकमा बस्न सहमत भएका हुन् ।सुधार गृहबाट १४ जना नाबालक कैदीहरू फरार भएका छन् । उनीहरूको खोजीकार्य जारी रहेको प्रजिअ पोखरेलले बताए । नाबालक अवस्थामा थुनामा परेका बालबालिका १८ वर्ष पुरा हुँदा पनि बाल सुधार गृहमा नै राख्नुपर्ने बाध्यात्मक कानुनी व्यवस्थाले यस्ता समस्या आइरहेको प्रजिअ पोखरेलले बताए । उनले भने– ‘१८ वर्ष उमेर पुरा भएकालाई कारागारमा सार्नुपर्छ, त्यस्तै हाम्रो बाल सुधार गृह होस्टेल मोडलमा सञ्चालन गर्नुपर्छ ।’बाल सुधार गृहलाई कारागार मोडलमा सञ्चालन गर्दा विकृतितर्फ गएको प्रजिअ पोखरेलको भनाई छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।