२२ बैशाख २०८३, मंगलबार
05-05-2026 , Tue
×

कोस्टगार्डको विमानमा सवार पाँच जनाको मृत्यु

Logo
Abc Sanchar प्रकाशित मंगलबार, पुष १७, २०८०

(एबिसि संचार )                                                                कोस्टगार्डको विमानमा सवार पाँच जनाको मृत्यु भएको जापानका यातायात मन्त्रीलाई उद्धृत गर्दै समाचार एजेन्सी एएफपीले जनाएको छ ।सरकारी प्रसारक एनएचकेले पनि पाँच जनाको मृत्यु भएको जनाएको छ । क्याप्टेन भने भाग्न सफल भए पनि गम्भीर घाइते भएका छन् ।सोमबार गएको शक्तिशाली भूकम्पप्रभावित क्षेत्रमा खाद्यान्न लिएर जाँदै गरेको कोस्टगार्डको विमान धावनमार्गमा अवतरण गर्ने क्रममा रहेको जापान एयरलाइन्सको विमानसँग ठोक्किएर दुर्घटना भएको थियो । जापान एअरलाइन्समा सवार सबै ३७९ यात्रुको भने उद्धार गरिएको छ । समाचारअनुसार अवतरणको क्रममा रहेको जापान एअरलाइन्समा भीषण आगलागी भएको थियो भने कोस्टगार्डको विमानमा ठोक्किएको हुनसक्ने बताइएको छ । (रास्स)

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एजेन्सी । संयुक्त राष्ट्रसंघिय शरणार्थी र आप्रवासन एजेन्सीहरूका अनुसार अन्डमान सागरमा गत साता डुंगा पल्टिँदा करिब २५० रोहिङ्ग्या र बंगलादेशी नागरिक बेपत्ता भएका छन्, जसमा बालबालिकाहरू पनि समावेश रहेको जनाइएको छ। उनीहरु माछा मार्ने डुंगामार्फत बंगलादेशबाट मलेसिया जाँदै थियो। एजेन्सीहरूका अनुसार तीव्र हावा, खराब समुद्री अवस्था र डुंगामा अत्यधिक भीडका कारण यो डुबेको जनाइएको छ। […]

एजेन्सी । जापानमा नेपाली छात्राको चकित पार्ने घटना नेपालबाट अध्ययनका लागि जापान पुगेकी २३ वर्षीया एक नेपाली विद्यार्थी गम्भीर आरोपमा पक्राउ परेकी छन्। प्रहरीले जनाएअनुसार, उनले टोकियोस्थित आफ्नै डेरामा शिशुलाई जन्म दिएकी थिइन्। दाबी अनुसार, शिशु जन्मिँदा नै मृत अवस्थामा रहेको बताउँदै ती छात्राले अत्तालिएर शिशुको शव तौलियामा बेरेर कोठाको दराजमा लुकाएको बयान दिएकी छन्। […]

काठमाडौं । अमेरिकाले एकैपटक ३५ जना नेपालीलाई चार्टर विमानमार्फत अमेरिकाले डिपोर्ट गरिदिएको विमानस्थल अध्यागमन प्रमुख नरहरी घिमिरेले जानकारी दिए । घिरिमेरका अनुसार, गत ७ अप्रिल (चैत २४, मंगलबार) उनीहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन् । डिपोर्ट हुनेहरूमा अवैध बाटोबाट गएका १२ जना, विद्यार्थी भिसामा गएका २ जना रहेका छन् ।मानव बेचविखन अनुसन्धान ब्यूरोका एसएसपी कृष्ण […]

error: Content is protected !!