(एबिसि संचार )
झापामा १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन्।
मेचीनगर नगरपालिका-९ मागुरमाणी बस्ने २८ वर्षीय भुपाल विक पक्राउ परेका हुन्।
उनलाई धुलाबारीबाट खटिएको प्रहरी टोलीले मंगलबार दिउँसो पक्राउ गरेको झापा प्रहरीले जनाएको छ। यस घटनामा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।