२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

विद्यार्थीहरूले त्रिभुवन विश्वविद्यालय प्रिन्सिपल कार्यालयमा तोडफोड

Logo
Abc Sanchar प्रकाशित बिहिबार, पुष १९, २०८०

(एबिसि संचार )                                                                    विद्यार्थीहरूले त्रिभुवन विश्वविद्यालय प्रिन्सिपल कार्यालयमा तोडफोड गरेका छन् । प्रधानमन्त्री कप पुरूष राष्ट्रिय क्रिकेट प्रतिगियोगिता २०८० को बागमती प्रदेशको छनौटमा फर्जी विद्यार्थी पठाएको भन्दै अखिल (क्रान्तिकारी) ले तोडफोड गरेको हो । प्रिन्सिपलको कार्यकक्षमा तोडफोड गरिएको हो ।बागमती प्रदेश क्रिकेट संघले प्रधानमन्त्री कप प्रतियोगिताका लागि त्रिविका विद्यार्थीको नाम पठाउन भन्दै पत्राचार गरेको थियो । प्रिन्सिपल कार्यालयले कोच, म्यानेजरसहित गरेर २१ जनाको नाम पठाएको थियो । अखिल (क्रान्तिकारी) ले ती फर्जी विद्यार्थीहरूलाई पठाएको आरोप लगाउँदै तोडफोड गरेको हो ।त्रिविका स्ववियु सभापतिले ७÷८ जना बाहिरका आफ्ना मान्छेहरू हालेका थिए । प्रिन्सिपल कार्यालयले विद्यार्थीको आईडी कार्ड रूजु गरेर पठाउनुपर्नेमा त्यस्तो नगरेको देखियो । विश्वविद्यालयकै विद्यार्थीहरूले भाग लिन पाउनुपर्ने भन्दै अनेरास्ववियुले प्रिन्सिपल कार्यालयमा तोडफोड गरेको हो ।अखिल (क्रान्तिकारी) त्रिवि जिल्ला कमिटी अध्यक्ष प्रदिप भट्टले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]