०४ भाद्र २०८२, बुधबार
20-08-2025 , Wed
×

मैदानमै ब्याट्सम्यानको मृत्यु

Logo
Abc Sanchar प्रकाशित बुधबार, पुष २५, २०८०

(एबिसि संचार )                                                                भारतको नोएडामा जारी कर्पोरेट लिग क्रिकेट खेलकै क्रममा एक ब्याट्सम्यानको मृत्यु भएको छ । माभेरिक्स ११ र ब्लेजिङ बुल्सबिचको खेल चलिरहेको बेला हृदयघात भएका ३४ वर्षीय विकास नेगीलाई अन्य ब्याट्सम्यान र फिल्डिङ टिममा खेलाडीले सीपीआर दिनेक्रम्मा घटनास्थलमै मृत्यु भएको हो ।उमेश कुमार र विकास पिचमा थिए । १४ औं ओभर चलिरहेको थियो । उमेशले चौका प्रहार गरे । विकास नन–स्ट्राइकर एन्डबाट बधाई दिन स्ट्राइकरको छेउमा गए । उमेश कहाँ पुग्नुअघि नै विकास पिचमा ढलिसकेका थिए ।

यो देखेर दुवै टोलीका खेलाडी पिचमा दौडिए । कतिपय खेलाडीले विकासलाई बचाउनको लागि सीपीआर दिए । उनको स्वास्थ्यमा सुधार नभएपछि उनलाई नोएडाको नजिकको अस्पतालमा लगिएको थियो । तर त्यतिन्जेल धेरै ढिलो भइसकेको थियो, अस्पताल पुग्नेबित्तिकै विकासलाई मृत घोषित गरिएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासनले हाम्रा चाडपर्वहरूलाई कम खर्चिलो बनाउनुपर्नेमा जोड दिनुभएको छ । नेपाल पत्रकार महासङ्घ दाङ शाखा महिला विभागले बुधबार घोराहीमा आयोजना गरेको तीज मिलन कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रियासनले चाडपर्वहरू रमाइलो र संस्कृतिको संरक्षणका लागि हो तर अनावश्यक खर्चालु प्रतिस्पर्धाले समाजमा नकारात्मक असर पार्ने बताउनुभयो । “आजभोलि […]

काठमाडौं । सङ्घीय संसद् सचिवालयलाई गराएको छ सभामुख देवराज घिमिरेलाई साउन ३० गते पत्र लेख्दै चौधरीले आफू नै संसदीय दलको नेता रहेको जानकारी गराएकी हुन् । चौधरीले यो पत्रको बोधार्थ निर्वाचन आयोगलाई पनि दिएकी छन् । पत्रमा दलको नेता रहेका गङ्गाराम चौधरीलाई पार्टी र दलको भूमिकामा नरहने गरी कारबाही गरिएको जानकारी गराइएको छ । श्रेष्ठले […]

काठमाडौं । भृकुटीमण्डप पुगेर नाडा अटो शोको अवलोकन गरेका हुन्। त्यसक्रममा प्रचण्ड उड्ने कारमा चडेका थिए। नेपालको सबैभन्दा ठूलो अटो प्रदर्शनी ‘नाडा अटो शो’मा २ करोड २० लाख रुपैयाँ पर्ने गाडीदेखि दुई सिटे ‘उड्ने कार’सम्म पर्दशनीमा राखिएको छ। नाडा अटो शोमा अध्यक्ष प्रचण्डलाई रोवर्टले स्वागत गरेको थियो।

error: Content is protected !!