०६ जेठ २०८१, आइतबार
19-05-2024 , Sun
×

बारा, पाँचथर, काठमाडौँ, नवलपरासी पश्चिम र कालीकोटगरिए ५ जना मृतावस्थामा फेला

Logo
Abc Sanchar प्रकाशित बुधबार, पुष २५, २०८०

(एबिसि संचार )                                                                विभिन्न स्थानमा ५ जना मृतावस्थामा फेला परेका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार बारा, पाँचथर, काठमाडौँ, नवलपरासी पश्चिम र कालीकोटमा गरी ५ जना मृतावस्थामा फेला परेका हुन् ।

  • बारा, कलैया उपमहानगरपालिका-१६ दोहरीस्थित पोखरीमा माछा मार्न आएका भारत पूर्वी चम्पारण बस्ने ४५ वर्षीय विरन सहनी आफू सुत्ने ठाउँमा बुधबार मृत अवस्थामा फेला परेका छन् ।
  • पाँचथर, कुम्मायक गाउँपालिका-१ फिक्कलस्थित गणेश श्रेष्ठको घरको आँगनमा सोही गाउँपालिका-१ गैरीगाउँ बस्ने ५५ वर्षीय सिंह बहादुर तामाङ बुधबार मृत अवस्थामा फेला परेका छन् ।
  • काठमाडौं, काठमाडौं महानगरपालिका-२६ गोगंबु नयाँबसपार्कस्थित होटल बाल कुमारीमा ललितपुर महानगरपालिका-२३ धापाखेल घर भएका ४४ बर्षीय निरज कुमार बस्नेत बुधबार मृत अवस्थामा फेला परेका छन् ।
  • नवलपरासी पश्चिम, सुनवल नगरपालिका-७ ज्यामिरेस्थित ज्यामिरे सामुदायिक जंगलमा रुपन्देही देवदह नगरपालिका-११ पूर्व विर्ता बस्ने ६५ वर्षीय शिवनाथ तिवारीको शव बुधबार सडिगलेको अवस्थामा फेला परेको छ ।
  • कालिकोट, शुभकालिका गाउँपालिका-४ ढाडुखाँडा घर भई खाँडाचक्र नगरपालिका-४ ऐरेडा बस्ने ४५ वर्षीय धनिराम चौलागाँई शुभकालिका गाउँपालिका-२ भर्तागाडस्थित तिला नदीमा बुधबार मृत अवस्थामा फेला परेका छन् । सोही ठाउँस्थित तिला नदीमा माछालाई हालेको पासो निकाल्ने क्रममा ढुङगाबाट चिप्लन गई नदीमा खसेका उनको खोजी गर्ने क्रममा शव फेला परेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ । (रास्स)

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार ) बुटवलमा आज बिहान (आइतबार) मर्निङ वाक निस्केकी एक महिला एम्बुलेन्सको ठक्करबाट मृत्यु भएको छ भने दुई महिला घाइते भएका छन् । अर्घाखाँचीदेखि बुटवलतर्फ आउँदै गरेको एम्बुलेन्सले बुटवल९१३ झोलुङ्गे पुलनजिकै ठक्कर दिँदा बुटवल वडा नं ११ देवीनगरकी ५६ वर्षीया कमला नेपालीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

(ABC-Sanchar) गुल्मी । पोखराबाट गुल्मी तम्घास आउँदै गरेको बस रिडीमा दुर्घटना हुँदा बसका सहचालक ४० वर्षका युवराज कुँवर घाइते भएका थिए । कुँवरको पाल्पास्थित लुम्बिनी मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक शंकर पोखरेलले बताए । जिल्लाको रुरुक्षेत्र गाउँपालिका-–१ मक्वादीस्थित रिडी–तम्घास पक्की सडक खण्डमा लु १ ख ८१७५ नम्बरको […]

(सैलेश बम  )                                                                बैतडीमा आज बिहान जिप दुर्घटना हुँदा ७ जना घाइते भएका छन् । धनगढीबाट बैतडीको तल्लादेही आइरहेको सुपप्र ०२००१ ज ३८५ नम्बरको […]