२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

बारा, पाँचथर, काठमाडौँ, नवलपरासी पश्चिम र कालीकोटगरिए ५ जना मृतावस्थामा फेला

Logo
Abc Sanchar प्रकाशित बुधबार, पुष २५, २०८०

(एबिसि संचार )                                                                विभिन्न स्थानमा ५ जना मृतावस्थामा फेला परेका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार बारा, पाँचथर, काठमाडौँ, नवलपरासी पश्चिम र कालीकोटमा गरी ५ जना मृतावस्थामा फेला परेका हुन् ।

  • बारा, कलैया उपमहानगरपालिका-१६ दोहरीस्थित पोखरीमा माछा मार्न आएका भारत पूर्वी चम्पारण बस्ने ४५ वर्षीय विरन सहनी आफू सुत्ने ठाउँमा बुधबार मृत अवस्थामा फेला परेका छन् ।
  • पाँचथर, कुम्मायक गाउँपालिका-१ फिक्कलस्थित गणेश श्रेष्ठको घरको आँगनमा सोही गाउँपालिका-१ गैरीगाउँ बस्ने ५५ वर्षीय सिंह बहादुर तामाङ बुधबार मृत अवस्थामा फेला परेका छन् ।
  • काठमाडौं, काठमाडौं महानगरपालिका-२६ गोगंबु नयाँबसपार्कस्थित होटल बाल कुमारीमा ललितपुर महानगरपालिका-२३ धापाखेल घर भएका ४४ बर्षीय निरज कुमार बस्नेत बुधबार मृत अवस्थामा फेला परेका छन् ।
  • नवलपरासी पश्चिम, सुनवल नगरपालिका-७ ज्यामिरेस्थित ज्यामिरे सामुदायिक जंगलमा रुपन्देही देवदह नगरपालिका-११ पूर्व विर्ता बस्ने ६५ वर्षीय शिवनाथ तिवारीको शव बुधबार सडिगलेको अवस्थामा फेला परेको छ ।
  • कालिकोट, शुभकालिका गाउँपालिका-४ ढाडुखाँडा घर भई खाँडाचक्र नगरपालिका-४ ऐरेडा बस्ने ४५ वर्षीय धनिराम चौलागाँई शुभकालिका गाउँपालिका-२ भर्तागाडस्थित तिला नदीमा बुधबार मृत अवस्थामा फेला परेका छन् । सोही ठाउँस्थित तिला नदीमा माछालाई हालेको पासो निकाल्ने क्रममा ढुङगाबाट चिप्लन गई नदीमा खसेका उनको खोजी गर्ने क्रममा शव फेला परेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ । (रास्स)

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । बिहीबार रुकुम पूर्व सदरमुकाम रुकुमकोटबाट तीर्थयात्री बोकेर रोल्पाको जलजला गएको जिप दुर्घटनामा परेको थियो । दुर्घटनामा २० जनाको मृत्यु भएको थियो । एक जना घाइते रुकुम पूर्व जिल्ला अस्पतालबाट डिस्चार्ज भइसकेको जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक सुनिल थापा नेपालीले जानकारी दिए । प्रहरी निरीक्षक नेपालीका अनुसार मृत्यु हुनेहरूमध्ये ४ बालक, […]

सुर्खेत । कर्णाली प्रदेशका विभिन्न प्रहरी चेकपोस्टमा हुन सक्ने सम्भावित गैरव्यावसायिक गतिविधि प्रति कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालयले गम्भीर चासो देखाएको छ। कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय प्रमुख एसपी मुकुन्द रिजालले आफ्ना मातहतका सम्पूर्ण प्रहरी कर्मचारीलाई यस्ता अवैध गतिविधिमा संलग्न नहुन कडा निर्देशन दिनुका साथै यस्तो गतिविधिमा संलग्न भएको पाइए कडा कार्वाही हुने बताएका छन्। […]

चितवन । बुटवल नारायणघाट आयोजनाको पश्चिम खण्ड कार्यालयले सूचना जारी गर्दै शुक्रबार देखि आइतबारसम्म बेलुका ७ देखि बिहान ५ बजेसम्म दुम्कीबास–दाउन्ने–बर्दघाट खण्डमा मालवाहक सवारी रोक्ने निर्णय गरेको हो । आज परेको वर्षाका कारण सडक चिप्लो भई सवारी साधन चिप्लिने र अड्किने समस्या देखिएको आयोजनाले जनाएको छ । आयोजना कार्यालयका अनुसार बर्दघाटतर्फका सवारी साधन त्रिवेणी चोकमा […]