२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

नेपालीहरू रुसी सेनामा जाने जोखिम बढ्यो

Logo
Abc Sanchar प्रकाशित बुधबार, पुष २५, २०८०

(एबिसि संचार )                                                                रुस–युक्रेन युद्धका क्रममा हालसम्म १० जना नेपाली मारिइसकेका छन् । रुसी सेनामा भर्ना भएर युक्रेनसँग लड्न सीमा क्षेत्रमा पुगेका उनीहरू जवाफी कारबाहीमा मारिएका हुन् ।परराष्ट्र मन्त्रालयको तथ्यांकअनुसार २०० भन्दा बढी नेपाली रुसी सेनामा कार्यरत रहेको अनुमान छ । तीमध्ये ११५ जनाले उद्धारका लागि आवेदन दिएका छन् । सरकारले चाँडै नै उनीहरूको उद्धार गर्ने तयारी गरेको छ ।रुसी सेनामा नेपालीहरू जान थालेपछि सरकारले व्यक्तिगत र संस्थागत श्रम स्वीकृति दिन रोकेको छ । त्यस्तै अन्य कामको लागि समेत रुस र युक्रेन जानमा रोक लगाएको छ ।रुसले युद्धका लागि विदेशी सेना (भाडाका सैनिक) लाई प्रयोग गर्दै आएको छ । आकर्षण तलब तथा राम्रो सेवा सुविधाको प्रलोभनमा परेर नेपालीहरू बढी केन्द्रित भइरहेका छन् । रुसले आफ्नो सेनामा कार्यरत विदेशीलाई नागरिकता दिने प्रावधान समेत ल्याएको छ । विदेशीलाई आकर्षित गराउन रुसले विभिन्न योजनाहरू अघि सार्दै आएको हो । सेनामा भर्ना गराउने र युद्धको अग्र मोर्चामा भाडाका सेनालाई खटाउने गरेको छ ।

यस्ता खालका विभिन्न आकर्षण योजनाका कारण नेपालीहरू समेत रुस जाने क्रम बढेको छ । नेपालबाटै जान रोक लगाएको छ । तर, नेपालीले थुप्रै विकल्प अघि सार्ने देखिन्छ । नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनका अध्यक्ष कुमुदकुमार खनालले आर्थिक प्रलोभनमा परेर धेरै नेपाली रुसी सेनामा जाने गरेको बताए ।

नेपालको बाटो नभए पनि भारत, श्रीलङ्का तथा बङ्गलादेश हुँदै रुस जानेको सङ्ख्या बढ्न सक्ने बताए । रुसले एक वर्ष काम गरेकोलाई नागरिकता नै दिने भनेर स्किम ल्याएको छ । त्यस्तै मासिक ३ लाख भन्दा बढी तलब पाउँछन् ।

‘यस्तो अवस्थामा बाँचे रुसको नागरिक, मरे केही फरक पर्दैन भन्दै धेरै नेपालीहरू त्यतातिर गइरहेका छन् । यसले भयावह रूप लिने देखिन्छ’ अध्यक्ष खनालले भने । यसतर्फ सरोकारवाला निकाय समयमै सचेत हुनुपर्ने उनको भनाई छ ।

परराष्ट्र मन्त्रालयले यसअघि नै रुसलाई कूटनीतिक नोट पठाउँदै आफ्ना नागरिकलाई सेनामा भर्न नगर्न अनुरोध गरेको थियो । त्यस्तै सेनामा भर्ना भएका नागरिकलाई फिर्ता पठाउन समेत अनुरोध गरेको थियो । तर, रुसले यो विषयमा कुनै चासो नदिएको परराष्ट्र स्रोतको भनाई छ ।

रुसी सेनामा कार्यरत नेपालीको अवस्था, उनीहरूलाई स्वदेश फिर्ती लगायतका विषयमा कुरा गर्न परराष्ट्र मन्त्री एनपी साउद रुस जाने तयारीमा छन् । परराष्ट्रले उनको भ्रमणको तालिका बनाउन मस्कोस्थित नेपाली राजदूतावासलाई निर्देशन नै दिएको छ । सोही आधारमा मन्त्री साउदको भ्रमणको तयारीलाई तीव्रता दिइएको मन्त्रालयले स्रोतले बतायो ।

नेपालीहरू रुसी सेनामा क्रम बढेकोप्रति परराष्ट्र मन्त्रालय सचेत रहेको मन्त्री साउदको भनाई छ । (रास्स)

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।