२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

सुर्तीजन्य पदार्थ बिक्री वितरण रोक्न झापाको बाल क्लबको अभियान

Logo
Abc Sanchar प्रकाशित बुधबार, पुष २५, २०८०

(एबिसि संचार )                                                              विद्यालयको सय मिटर दूरीभित्रका पसलमा सुर्तीजन्य पदार्थ बिक्री वितरण रोक्न झापाको बाल क्लबले अभियान थालेको छ ।मेचीनगर नगरपालिका–१५ स्थित ज्यामिरगढी माध्यमिक विद्यालयमा  गठित जागृति बाल क्लबले उक्त अभियान शुरू गरेको हो ।उक्त क्लबले र्‍याली आयोजना गर्दै पसलमा गएर सुर्तीजन्य पदार्थ बिक्री वितरण नगर्न अपिल गरेको छ । पसलमा त्यस्ता पदार्थ बिक्री वितरण बन्द गरिएको छ वा छैन भनेर अनुगमनसमेत गरिरहेको उनको भनाइ थियो । विद्यालयमा अध्ययनरत स–साना विद्यार्थीले पनि भोला, गुड्खा, पराग, मुस्कान, मेघाश्री, राजनिवासजस्ता सुर्तीजन्य पदार्थ सेवन गर्ने गरेको पाइएकाले विद्यालय हातादेखि एक सय मिटर दूरीभित्रका पसलमा यस्ता पदार्थ बिक्री नगर्न हार्दिक अनुरोध गर्दछौं’, क्लबले जारी गरेको सार्वजनिक अपिलमा भनिएको छ, ‘विद्यालय पोसाकमा रहेका विद्यार्थीलाई पसलेलाई पनि सुर्ती तथा सुर्तीजन्य पदार्थ एवं मादक पदार्थ बिक्री वितरण नगरिदिन अपिल गर्दछौं ।’विद्यालय पोसाकमा विद्यालयबाहिर यस्ता क्रियाकलापमा विद्यार्थी संलग्न भएको देखिए तुरुन्तै विद्यालयमा खबर गरिदिन समेत क्लबले अपिल गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।