१६ बैशाख २०८१, आइतबार
28-04-2024 , Sun
×

५२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक वृद्ध पक्राउ

Logo
Abc Sanchar प्रकाशित शुक्रबार, पुष २७, २०८०

(एबिसि संचार )

५२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक वृद्ध पक्राउ परेका छन् । पक्राउ पर्नेमा मेचीनगर नगरपालिका–१२ प्रगति टोल बस्ने ७२ वर्षीय धनबहादुर श्रेष्ठ छन् ।

उनलाई बिहीबार साँझ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । श्रेष्ठले ती महिलालाई मंगलबार दिउँसो जबरजस्ती करणी गरेको उजुरी परेको थियो ।प्रहरी चौकी चारआलीबाट खटिएको टोलीले  उनलाई पक्राउ गरेको उक्त कार्यालयले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार ) काठमाडौंको शंखमूलस्थित एक पसलमा आगलागी भएको छ । दोभान पुलनजिक गाडीको वर्कसप र त्यस वरपरका पसलमा आगलागीबाट क्षति पुगेको छ । आगलागीबाट एउटा मोटर ग्यारेज, पानपसल, चियापसल, माछापसल र फलफूल पसल जलेर नष्ट भएको प्रहरीले जनाएको छ । जलेको ग्यारेज सँगैको अर्को एउटा ग्यारेजमा समेत आगोले क्षति पु¥याएको प्रहरीले जनाएको छ ।ललितपुर […]

(एबिसि संचार ) नक्कली लाइसेन्स प्रकरणमा यातायात व्यवस्था विभागका कम्प्युटर इञ्जिनियर हरिश भट्ट र शाखा अधिकृत सुरज अर्याल पक्राउ परेका छन् । यातायात व्यवस्था विभागको अभिलेख नै सच्याएर नक्कली लाइसेन्स जारी गर्ने काममा संलग्न भएको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले (सीआईबी)ले उनीहरुलाई शनिबार पक्राउ गरेको हो ।

(एबिसि संचार )                                                                  डीआईजी दुर्गा सिंहलाई गण्डकी प्रदेश प्रहरी कार्यालयमा सरुवा गरिएको छ । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले डीआईजी सिंहलाई गण्डकी प्रदेश […]