२९ पुष २०८१, सोमबार
13-01-2025 , Mon
×

७ हजार किलो चामल बरामद

Logo
Abc Sanchar प्रकाशित शनिबार, पुष २८, २०८०

(एबिसि संचार )                                                                बिलमा परिमाण र मूल्य फरक पाइएको भन्दै बाराबाट ७ हजार किलो चामल बरामद गरिएको छ । जिल्ला प्रहरी कार्यालय बाराको पथलैया टोलीले गरेको जाँचमा भ्याट बिल र अनलाइन (भिसिटिएस) बिलमा परिमाण र मूल्य फरक पाइएकोले चामलसहित मिनीट्रक पक्राउ गरिएको प्रहरीले जनाएको छ ।विशेष सूचनाको आधारमा प्रसौनीबाट चितवनतर्फ जाँदै गरेको मधेश प्रदेश ०३–००१ क २२४१ नम्बरको मिनी ट्रकबाट ५ लाख ८८ हजार रुपैयाँ बराबरको चामल नियन्त्रणमा लिइएको बारा प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कपिलवस्तु । विजयनगर गाउँपालिको वार्ड ३ को वृद्धहरूलाई कम्बल र खेलाडी लाई खेल सामाग्री उपहार दिएर सम्मान गरिएको छ । अहिलेका पुस्ताले वृद्ध नागरिकहरूलाई खासै वास्ता नगर्ने र बाबुआमालाई समेत बृद्धाश्रममा लैजान पछि नपर्ने प्रवृत्ति बढेका कारण युवा पुस्तामा ज्येष्ठ नागरिकप्रतिको श्रद्धाभाव प्रकट गर्न वडाले कम्बल उपहार वितरण गरेको हो। विजयनगर ३ का वडाध्यक्ष हिर्दय […]

  काठमाडौं । जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले न्यायिक हिरासतमा पठाउने आदेश गरेपछि उनलाई अदालतले प्रहरीको जिम्मा लगाएको हो । उनलाई काठमाडौं प्रहरी परिसरको भद्रकालीस्थित हिरासत कक्षमा राखिने छ । प्रहरीका अनुसार त्यसअघि रविको स्वास्थ्य परीक्षण गरिनेछ । काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगीको आरोपमा जिल्ला अदालतमा उपस्थित भएका पूर्व गृहमन्त्री लामिछानेको मुद्दामा आज थुनछेक बहस […]

  बर्दिया । बकुवा सामुदायिक वनछेउमा बाख्रा चराउने क्रममा बाघले आक्रमण गर्दा ठाकुरबाबा नगरपालिका–७ सुन्दरपुर गाउँकी ४० वर्षीया पदमकला थापाको ज्यान गएको हो । खुला ठाउँमा बाघले थापालाई आक्रमण गरेर जङ्गलभित्र पुर्‍याएको थियो । स्थानीयवासी, प्रहरी, सेना र निकुञ्जको टोली पुगेपछि बाघ शवलाई छाडेर भागेको थियो । स्थानीयवासीले बाघ नियन्त्रण र क्षतिपूर्तिको माग गर्दै मृतकको […]

error: Content is protected !!