०३ भाद्र २०८२, मंगलबार
19-08-2025 , Tue
×

कुटिएका एक युवाको मृत्यु

Logo
Abc Sanchar प्रकाशित आइतबार, पुष २९, २०८०

(एबिसि संचार )                                                                कैलालीमा कुटपिटबाट घाइते भएका एक युवकको मृत्यु भएको छ । उक्त घटनामा उनीसँगै भएका ६ जना पक्राउ परेका छन् । गोदाबरी नगरपालिका–१ अत्तरियास्थित न्यू सत्कार दोहोरी साँझमा मदिरा सेवनका क्रममा कुटपिटमा परेका कृष्णपुर नगरपालिका–५ का ४२ वर्षीय श्याम देउवाको मृत्यु भएको प्रहरीले जनाएको छ ।जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कुलदीप चन्दका अनुसार २५ पुसको साँझ साथीसँगै दोहोरी साँझ गएका देउवा भोलिपल्ट गोदाबरीको चौकीडाँडामा भेटिएका थिए ।उनीसँगै दोहोरी साँझमा रहेका कृष्णपुर नगरपालिका–४ का २८ वर्षीय टेकबहादुर नायकले घर पु¥याइदिएपछि घाइते देउवालाई उनको परिवारले उपचारका लागि धनगढीको निसर्ग अस्पताल लगेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । गृहमन्त्री रमेश लेखकले गृह मन्त्रालयको नेतृत्व सम्हालेपछि नीतिगत र कानुनी सुधारलाई प्राथमिकता दिँदै फैसला कार्यान्वयनलाई तीव्रता दिएका छन् । मुलुकभरका अदालत र अर्धन्यायिक निकायबाट कैद तथा जरिवाना सजाय पाएर फरार रहेका अभियुक्तहरुलाई पक्राउ गर्न मन्त्री लेखकले प्रहरीलाई निर्देशन दिँदै आएका छन् । सोही निर्देशनका कारण उनको कार्यकालको पहिलो वर्ष (आर्थिक वर्ष २०८१/८२) मा […]

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दिपक थापाले गत साता बढुवा भएकाको पदस्थापनसँगै सरुवा पनि गर्न खोजेकोमा कुरा नमिलेपछि पदस्थापन गरी एक वर्ष अवधि पुगेका जिल्लाको मात्र हेरफेर गरेका थिए। अन्य जिल्लाका एसपीको पनि ११ महिना अवधि भइसकेको छ। जसअनुसार अवकाशअघि आईजीपी थापाले एक दर्जन जिल्लाका एसपीहरुको सरुवा तयारी थालेका छन्। तर, जिल्ला कमाण्डमा जाने आंकाक्षी […]

वीरगञ्ज महानगरले लगाएको कवाडी वन्यजन्तु करको ठेक्का,नियमविपरीत पैसा असुलीको आरोप पर्सा । पहिलो दिन नै विवादमा पर्यो वीरगञ्ज महानगरपालिकाले लगाएको कवाडी तथा वन्यजन्तु करको ठेक्का, नियमविपरीत पैसा असुलेको स्थानीय र सवारीचालकहरूको आरोप

error: Content is protected !!