२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

१४ लाखभन्दा बढी मूल्य बराबरको भन्सार छलीका सामानसहित ट्याक्टर पक्राउ

Logo
Abc Sanchar प्रकाशित आइतबार, पुष २९, २०८०

(एबिसि संचार )                                                              जिल्ला प्रहरी कार्यालय बाराले विभिन्न ठाउँबाट १४ लाखभन्दा बढी मूल्य बराबरको भन्सार छलीका सामानसहित ट्याक्टर पक्राउ गरेको छ । बारा प्रहरीले जिल्लाका विभिन्न ठाउँबाट बिल भरपाई नभएका तथा भन्सार छलीका सामानसहित एउटा ट्याक्टर पक्राउ गरेको जनाएको हो ।बाराको निजगढ, मटिअर्वा, कचोर्वा, मुसहर्वा र बेनौलीबाट भन्सार छलीका सामान बरामद गरिएको प्रहरी प्रवक्ता दधिराम न्यौपानेले जनाए । उनका अनुसार प्रहरीले चलाएको विशेष जाँच अन्तर्गत विभिन्न ठाउँबाट कपडा, चिनी, प्याज, मकै, मोविलसहितका चोरी पैठारी गरी ल्याइएका सामान पक्राउ गरिएको हो । प्रहरीले बिना बिल नै मकै ल्याउँदै गरेको अवस्थामा ना ४ त १९०६ नम्बरको ट्रयाक्टरसमेत पक्राउ गरेको बताएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]