२९ पुष २०८१, सोमबार
13-01-2025 , Mon
×

नक्कली रक्सी बनाएको आरोपमा प्रहरीले ९ जना पक्राउ

Logo
Abc Sanchar प्रकाशित बुधबार, माघ ०३, २०८०

(एबिसि संचार )

नक्कली रक्सी बनाएको आरोपमा प्रहरीले नौ जनालाई नियन्त्रणमा लिएर सार्वजनिक गरेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले गोप्य सूचनाका आधारमा उनीहरूलाई नियन्त्रणमा लिएको हो।

स्वदेशी तथा विदेशी विभिन्न ब्राण्डका रक्सीका नाममा नक्कली रक्सी बजारमा पठाउने गरेको गुनासा र गोप्य सूचना प्राप्त भएपछि अनुसन्धान गरिएको प्रहरीले जनाएको छ।मंगलबार प्रहरीले काठमाडौंको मनोहरा नगरपालिका ५ थलीस्थित भरत थापाको घरमा डेरा गरी बस्ने विनोदकुमार कार्कीको कोठाबाट नक्कली रक्सी बनाउने सामग्री बरामद गरेको थियो।नक्कली रक्सी बनाउन संलग्न रहेको आरोपमा प्रहरीले रामेछापका २८ वर्षीय मनोज खत्री, रामेछापकै ३६ वर्षीय विनोदकुमार कार्की, सिन्धुपाल्चोकका २७ वर्षीय मोहन खड्कालाई पक्राउ गरेको छ।साथै सिन्धुलीका २८ वर्षीय गौरव तामाङ, काठमाडौं कागेश्वरी मनोहराका ३५ वर्षीय सुमन नगरकोटी, सिन्धुलीका ४० वर्षीय लेखविक्रम थापा, रामेछापका २३ वर्षीय महेश खत्री, सिन्धुपाल्चोकका १८ वर्षीय रोशन कार्की, रापेछापका २० वर्षीय मनिष खत्रीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

कार्यालयका डिएसपी अनिल घिमिरेको नेतृत्वमा यस विषयमा प्रहरीले अनुसन्धान अघि बढाएको थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कपिलवस्तु । विजयनगर गाउँपालिको वार्ड ३ को वृद्धहरूलाई कम्बल र खेलाडी लाई खेल सामाग्री उपहार दिएर सम्मान गरिएको छ । अहिलेका पुस्ताले वृद्ध नागरिकहरूलाई खासै वास्ता नगर्ने र बाबुआमालाई समेत बृद्धाश्रममा लैजान पछि नपर्ने प्रवृत्ति बढेका कारण युवा पुस्तामा ज्येष्ठ नागरिकप्रतिको श्रद्धाभाव प्रकट गर्न वडाले कम्बल उपहार वितरण गरेको हो। विजयनगर ३ का वडाध्यक्ष हिर्दय […]

  काठमाडौं । जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले न्यायिक हिरासतमा पठाउने आदेश गरेपछि उनलाई अदालतले प्रहरीको जिम्मा लगाएको हो । उनलाई काठमाडौं प्रहरी परिसरको भद्रकालीस्थित हिरासत कक्षमा राखिने छ । प्रहरीका अनुसार त्यसअघि रविको स्वास्थ्य परीक्षण गरिनेछ । काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगीको आरोपमा जिल्ला अदालतमा उपस्थित भएका पूर्व गृहमन्त्री लामिछानेको मुद्दामा आज थुनछेक बहस […]

  बर्दिया । बकुवा सामुदायिक वनछेउमा बाख्रा चराउने क्रममा बाघले आक्रमण गर्दा ठाकुरबाबा नगरपालिका–७ सुन्दरपुर गाउँकी ४० वर्षीया पदमकला थापाको ज्यान गएको हो । खुला ठाउँमा बाघले थापालाई आक्रमण गरेर जङ्गलभित्र पुर्‍याएको थियो । स्थानीयवासी, प्रहरी, सेना र निकुञ्जको टोली पुगेपछि बाघ शवलाई छाडेर भागेको थियो । स्थानीयवासीले बाघ नियन्त्रण र क्षतिपूर्तिको माग गर्दै मृतकको […]

error: Content is protected !!