०३ भाद्र २०८२, मंगलबार
19-08-2025 , Tue
×

१३ वटा ट्रकमा ल्याइएका ५ हजार ४६० बोरा पोटास बरामद

Logo
Abc Sanchar प्रकाशित बिहिबार, माघ ०४, २०८०

(एबिसि संचार )                                                              भारतबाट १३ वटा ट्रकमा ल्याइएका ५ हजार ४६० बोरा पोटास खाद बारा प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता तथा सूचना अधिकारी डीएसपी दधिराम न्यौपानेले विशेष सूचनाका आधारमा बाराका छुट्टाछुट्टै दुई स्थानबाट सो परिमाणको पोटास खाद बरामद भएको जानकारी दिए ।किसान ट्रेडर्स भारतको उक्त पोटास खाद १३ वटा ट्रकमा लोड गरी वीरगन्जदेखि राजविराज, विराटनगर, बिर्तामोडतर्फ लगिँदै गरेको सूचनामा प्रहरीलाई प्राप्त भएको थियो । सोही सूचना पछ्याउने क्रममा प्रहरी चौकी पथलैयाले जीतपुरसिमरा उपमहानगरपालिका १ स्थित पथलैया चोकबाट ५ वटा इलाका प्रहरी  कार्यालय निजगढले पथलैया चोकबाट थप ८ ट्रक नियन्त्रणमा लिएको थियो ।नियन्त्रणपछि १३ वटा ट्रकबाट ८७ लाख ३६ हजार बराबारको पोटास खाद बरामद गरेको र त्यसको कर सम्बन्धी विवरण शंकास्पद रहेको न्यौपानेले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । गृहमन्त्री रमेश लेखकले गृह मन्त्रालयको नेतृत्व सम्हालेपछि नीतिगत र कानुनी सुधारलाई प्राथमिकता दिँदै फैसला कार्यान्वयनलाई तीव्रता दिएका छन् । मुलुकभरका अदालत र अर्धन्यायिक निकायबाट कैद तथा जरिवाना सजाय पाएर फरार रहेका अभियुक्तहरुलाई पक्राउ गर्न मन्त्री लेखकले प्रहरीलाई निर्देशन दिँदै आएका छन् । सोही निर्देशनका कारण उनको कार्यकालको पहिलो वर्ष (आर्थिक वर्ष २०८१/८२) मा […]

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दिपक थापाले गत साता बढुवा भएकाको पदस्थापनसँगै सरुवा पनि गर्न खोजेकोमा कुरा नमिलेपछि पदस्थापन गरी एक वर्ष अवधि पुगेका जिल्लाको मात्र हेरफेर गरेका थिए। अन्य जिल्लाका एसपीको पनि ११ महिना अवधि भइसकेको छ। जसअनुसार अवकाशअघि आईजीपी थापाले एक दर्जन जिल्लाका एसपीहरुको सरुवा तयारी थालेका छन्। तर, जिल्ला कमाण्डमा जाने आंकाक्षी […]

वीरगञ्ज महानगरले लगाएको कवाडी वन्यजन्तु करको ठेक्का,नियमविपरीत पैसा असुलीको आरोप पर्सा । पहिलो दिन नै विवादमा पर्यो वीरगञ्ज महानगरपालिकाले लगाएको कवाडी तथा वन्यजन्तु करको ठेक्का, नियमविपरीत पैसा असुलेको स्थानीय र सवारीचालकहरूको आरोप

error: Content is protected !!