२४ साउन २०८३, आइतबार
09-08-2026 , Sun
×

मानव बेचबिखन मुद्दाका फरार प्रतिवादी पक्राउ

Logo
Abc Sanchar प्रकाशित बिहिबार, माघ ०४, २०८०

(एबिसि  संचार )

मानव बेचबिखन मुद्दामा फरार रहेका प्रतिवादी ३२ वर्षपछि पक्राउ परेका छन्।

धादिङ मेत्रावती गाउँपालिका-२ का ५७ वर्षीय वीरबहादुर तामाङ पक्राउ परेका हुन्।

मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीले उनलाई बुधबार ललितपुर महानगरपालिका-१४ तिखेदेवलबाट पक्राउ गरेको हो।एक महिलालाई ब्रुनाइ पठाइदिन्छु भन्दै झुक्याएर २०४७ चैत ३ गते भारतको पश्चिम बंगाल पुर्‍याएको आरोप छ। काठमाडौंबाट लगेर काकडभिट्टा हुँदै पश्चिम बंगालको बागडोरामा पुर्‍याएर बेचेको ब्युरोले जनाएको छ। तामाङले भारतीय नागरिकसँग १० हजार भारतीय रुपैयाँ लिएर ती महिलालाई बेचेको अनुसन्धानबाट खुलेको एसपी कृष्णप्रसाद पंगेनीले जानकारी दिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।