२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

दुई यातायात व्यवसायीबिच झडप

Logo
Abc Sanchar प्रकाशित शनिबार, माघ ०६, २०८०

(एबिसि संचार )

सुर्खेतको वीरेन्द्रनगरमा दुई यातायात व्यवसायीबिच झडप भएको छ । टिकट काट्ने विषयलाई लिएर दुई यातायात समूहका व्यक्तिबिच भएको झडपमा दुई जना घाइते भएका छन् ।

शनिवार बिहान भिजिट कर्णाली यातायातका व्यवसायीमाथि संयुक्त यातायातका व्यक्तिहरूले हातपात गरेको प्रहरीले जनाएको छ । वीरेन्द्रनगरमा भर्खरै सञ्चालनमा आएको ‘भिजिट कर्णाली यातायात’ प्रालि र संयुक्त यातायात व्यवसायीहरूका बिचमा झडप भएको प्रहरीको भनाइ छ ।भिजिट कर्णालीको टिकट काट्ने ठाउँ बसपार्क भन्दा केही अगाडि रहेको बुलबुले गेट नजिकै काउन्टरमा टिकट काटिरहेका बेला हातपात भएको उक्त प्रालिका अध्यक्ष प्रकाश शाहीले बताए । हातपातबाट भिजिट कर्णाली यातायातमा काम गर्ने दुई जना घाइते भएको र उनीहरूको प्रदेश अस्पतालमा उपचार भइरहेको छ ।

दोस्रो पक्षले भने सिटी बसपार्कबाटै टिकट सञ्चालन गर्नुपर्ने बताएका छन् । तर भिजिट कर्णाली यातायातलाई भने वीरेन्द्रनगर नगरपालिकाले चलानी नम्बर २८९० का अनुसार अर्को निर्णय नहुँदासम्मलाई बसपार्क बाहिरैबाट सेवा सञ्चालन गर्ने अनुमति दिएको थियो । सोही अनुसार आफूहरूले बुलबुले गेट नजिकबाट सेवा सञ्चालन गरेको अध्यक्ष शाहीले बताए ।

कांक्रेबिहार यातायात प्रालिका अध्यक्ष रमेशकुमार सापकोटाले पनि बसपार्कभित्रबाट टिकट काट्नुपर्छ भन्ने विषयलाई लिएर विवाद भएको बताए । उनले बाहिरबाट मान्छे हाल्दा राम्रो हुँदैन कि भनेर भनिएको बताए । उनले चने, ‘यसै विषयमा सामान्य विवाद भएको हो ।’ उक्त घटनालाई लिएर बसपार्क वरपरको क्षेत्रमा ठुलो मात्रामा प्रहरी परिचालन गरिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।