१६ बैशाख २०८१, आइतबार
28-04-2024 , Sun
×

मलेसियाका लागि नेपाली राजदूत डिल्लीराज पौडेलविरूद्ध अख्तियारमा उजुरी

Logo
Abc Sanchar प्रकाशित शनिबार, माघ ०६, २०८०

(एबिसि संचार )                                                                मलेसियाका लागि नेपाली राजदूत डिल्लीराज पौडेलविरूद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।
एनआरएनएको नेतृत्वमा मलेसियामा रहेका विभिन्न राजनीतिक दलका संगठनहरूले राजदूत पौडेल विरूद्ध उजुरी हालेका हुन ।
आफ्नो अख्तियारीबाट बाहिर गएर राजदूत पौडेलले वैदेशिक रोजगारीका लागि मलेसिया जाने श्रमिक हकहित विरूद्ध काम गरेको उनीहरूको आरोप छ ।
गत डिसेम्बर २३ तारिखमा मलेसियाको निजी कम्पनी फरेन वर्कर वेलफेयर म्यानेजमेन्ट सेन्टर र वैदेशिक रोजगार बोर्डबीच एक संम्झौता भएको थियो जसमा मलेसिया जाने कामदाहरूसँग ४५ अमेरिकी डलर सेन्टरले लिन पाउनु पर्ने उल्लेख थियो ।
मलेसिया जाने कामदारसँग थप आर्थिकभार पारेको भन्दै आफूहरूले अख्तियारमा राजदूतसँगै बोर्डका कार्यकारी निर्देशक नितेश उप्रेतिविरूद्ध उजुरी हालेको एनआरएन क्षेत्रिय संयोजक हरि भट्टराइले जानकारी दिए ।
बोर्ड र राजदूत मिलेर गरिएको यो सम्झौता खारेज गर्न उनले माग उनले गरे । यो सम्झौता त्रृटिपूर्ण रहेको प्रवासी नेपाली एकता समाजका पूर्व अध्यक्ष योगेन्द्र कुँवरले जानकारी दिए ।
कुनै विदेशी वा निजी संघसंस्थालाई यस्तो अनुमति दिनु अघि मन्त्रिपरिषदबाट स्विकृति दिनुपर्नेमा त्यो पनि नभइ षड्यन्त्रपूर्वक यस्तो संम्झौता गरिएको भन्दै मलेसियामा रहेका नेपाली संघसंस्थाले आपत्ति जनाएका छन् ।(रास्स)

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार ) काठमाडौंको शंखमूलस्थित एक पसलमा आगलागी भएको छ । दोभान पुलनजिक गाडीको वर्कसप र त्यस वरपरका पसलमा आगलागीबाट क्षति पुगेको छ । आगलागीबाट एउटा मोटर ग्यारेज, पानपसल, चियापसल, माछापसल र फलफूल पसल जलेर नष्ट भएको प्रहरीले जनाएको छ । जलेको ग्यारेज सँगैको अर्को एउटा ग्यारेजमा समेत आगोले क्षति पु¥याएको प्रहरीले जनाएको छ ।ललितपुर […]

(एबिसि संचार ) नक्कली लाइसेन्स प्रकरणमा यातायात व्यवस्था विभागका कम्प्युटर इञ्जिनियर हरिश भट्ट र शाखा अधिकृत सुरज अर्याल पक्राउ परेका छन् । यातायात व्यवस्था विभागको अभिलेख नै सच्याएर नक्कली लाइसेन्स जारी गर्ने काममा संलग्न भएको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले (सीआईबी)ले उनीहरुलाई शनिबार पक्राउ गरेको हो ।

(एबिसि संचार )                                                                  डीआईजी दुर्गा सिंहलाई गण्डकी प्रदेश प्रहरी कार्यालयमा सरुवा गरिएको छ । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले डीआईजी सिंहलाई गण्डकी प्रदेश […]