२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

माइतीघरको निषेधाज्ञा हटाउन माग गर्दै नेविसंघको प्रदर्शन

Logo
Abc Sanchar प्रकाशित आइतबार, माघ ०७, २०८०

(एबिसि संचार )                                                                नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले काठमाडौँको माइतीघरमा लगाइएको निषेधाज्ञा हटाउनुपर्ने मागसहित प्रदर्शन गरेको छ । आइतबार सो संगठनका नेता कार्यकर्ताले निषेधित क्षेत्र घोषणा गरिएको माइतीघर नै पुगेर विरोध प्रदर्शन गरेका हुन् । नेविसंघ केन्द्रीय तदर्थ समितिको आयोजना भएको विरोध प्रदर्शनमा सहभागीहरुले माइतीघर मण्डला वरिपरि लगाइएको निषेधित क्षेत्र तत्काल हटाउन माग गरेका छन् । उनीहरुले स्थानीय स्वायत्त अधिकार २०२८ को दुरुपयोग नगर्न र स्वतन्त्रताको हकको सम्मान गर्न माग गरेका छन् । प्रदर्शनका क्रममा करिब एक दर्जन बढी प्रदर्शनकारी पक्राउ परेका छन्। (रास्स)

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]