२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

नक्कली डाक्टरको ठगीधन्दाः

Logo
Abc Sanchar प्रकाशित सोमबार, माघ ०८, २०८०

(एबिसि संचार )                                                              काठमाडौंबाट एक जना नक्कली डाक्टर पक्राउ परेका छन् ।धौलागिरी पोलिक्लिनिक चलाएर बसेका सम्बुद्ध भट्टाचार्यलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले आइतबार पक्राउ गरेको हो । उनलाई आजै दिउँसो पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिएको हो । उनी मोरङको विराटनगर उपमहानगरपालिकाका हुन् । टिचिङ अस्पतालमासमेत काम गरेको भन्दै उनले काठमाडौंका विभिन्न क्लिनिकमा उपचार गर्ने गरेको पाइएको अपराध अनुसन्धान कार्यकालका प्रवक्ता एसपी रवीन्द्र रेग्मीले बताए ।  उनको साथबाट त्रिवि शिक्षण अस्पतालको परिचयपत्र पनि बरामद भएको छ ।उनको साथबाट विभिन्न छापहरू र एक लाख ६५ हजार नगदसमेत बरामद गरिएको प्रहरीले जनाएको छ ।

उनले एमबीबीएस उत्तीर्ण गरेको प्रमाणपत्रदेखि लाइसेन्ससम्म नक्कली बनाएको पाइएको प्रहरीको भनाइ छ । उनले काठमाडौं उपत्यकाका विभिन्न फार्मेसीमा काम गर्दै आएको एसपी रेग्मीले बताए ।​

प्रहरीका अनुसार उनले प्रतिव्यक्ति जाँच गरेको सात सय रुपैयाँ लिने गरेका  थिए । धौलागिरि हिमाल पोलिक्लिनिक, विकियर पोलिक्लिनिक नक्साललगायतका पोलिक्लिनिकहरूमा कसन्सल्ट्यान्टको रुपमा काम गर्दै आएका थिए ।

उनले विकर पोलिक्लिनिकमा ६ सय ३० जनालाई जाँच गर्दै आएका थिए । ‘त्यहाँ उनले एक जनाको ७ सय ५० रुपैयाँ लिने गरेका रहेछन्’, एसपी रेग्मीले भने, ‘धौलागिरि पोलिक्लिनिकमा एक जनाको ५ सय रुपैयाँ लिने गरेका रहेछन् ।’

उनले विनाअनुमति मास्टर पाक्टिसनल नम्बर, एनएमसी नम्बर लगायतका प्रयोग गर्दै आएका थिए ।

उनले प्रहरीलाई चीनबाट एमबीबीएस गरेको बताएका छन् तर त्यसलाई प्रमाणित गर्ने कुनै पनि प्रमाणपत्र नभएको एसपी रेग्मीले बताए । ‘उसले प्रयोग गरेका सबै प्रमाणपत्रहरू नक्कली छन्,’ एसपी रेग्मीले भने ।(रास्स)

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]