२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

मृत भेटिइन् महिला

Logo
Abc Sanchar प्रकाशित मंगलबार, माघ ०९, २०८०

(एबिसि संचार )

भक्तपुरमा एक जना महिला मृत फेला परेकी छन्।

मंगलबार बिहान सूर्यविनायक नगरपालिका वडा नम्बर ५ कटुन्जे सडक डिभिजन कार्यालय नजिकैको एक घरमा डेरा गरी बस्ने महिला मृत फेला परेको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी बसन्त पाठकले जानकारी दिए।

काभ्रे नमोबुद्ध नगरपालिका-१ घर भई भक्तपुरमा डेरा गरी बस्ने ३५ वर्षीया अनिता थापा मृत फेला परेका हुन्। उनी गए राति खाना खाएर सुतेकी थिइन्।

तर बिहान ९ बजेतिर उनका भाइले हेर्दा कोठामा घोप्टो परेको अवस्थामा फेला पारेकी थिइन्।

त्यसपछि प्रहरीलाई खबर गरिएको थियो। प्रहरी वृत्त जगातीबाट प्रहरीको टोली खटिएर अनुसन्धान अघि बढाएको थियो।

परिसरका प्रमुख एसपी वेद विष्टका अनुसार घटना अहिलेसम्म शंकास्पद देखिएको छैन। यद्यपि मृत्युको कारण पोष्टमर्टम रिपोर्टबाट मात्रै थाहा पाइने उनले बताए। ‘अहिलेसम्म शंकास्पद देखिएको छैन। अत्यधिक मापसे गर्नुहुन्थ्यो भन्ने खुलेको छ। तर मृत्युको कारण रिपोर्ट आएपछि थाहा हुन्छ,’ उनले भने।

प्रहरीले पोष्टमर्टम गर्न शव केएमसी अस्पताल दुवाकोटमा पठाएको छ। प्रहरीले घटनाको थप अनुसन्धान प्रक्रिया पनि अघि बढाएको छ। (रास्स)

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।