२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

नेपाल पत्रकार महासङ्घले अन्नपूर्ण दैनिकका समाचारदाता राजकरण महतोमाथि सार्वजनिक यातायातका सहचालबाट गरिएकोे दुर्व्यवहारको घटनाप्रति गम्भीर ध्यानाकर्षण

Logo
Abc Sanchar प्रकाशित मंगलबार, माघ ०९, २०८०

(एबिसि संचार )

नेपाल पत्रकार महासङ्घले अन्नपूर्ण दैनिकका समाचारदाता राजकरण महतोमाथि सार्वजनिक यातायातका सहचालबाट गरिएकोे दुर्व्यवहारको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

महासङ्घको महोत्तरी शाखाका सचिव महतोलाई यही माघ ७ गते बा२ख ४५३४ नम्बरको सुन्दरीमाई यातायातका सहचालकले अश्लील शब्दसमेत प्रयोग गरी गालीगलौज गरेको जनाइएको छ ।महासङ्घका महासचिव रोशन पुरीले उक्त घटनाका बारेमा आज एक प्रेस विज्ञप्ति जारी गर्दै हरेक नागरिकको सम्मानपूर्वक बाँच्न पाउने अधिकारको प्रत्याभूति गर्न सरकारसँग माग गर्नुभएको छ । महासङ्घले घटनाको सत्यतथ्य छानबिन गरी दोषीमाथि कारबाही गर्न सम्बन्धित पक्षसँग माग गरेको छ ।यसैबीच, पीडित पत्रकार महतोले दोषीलाई कारबाहीको माग गर्दै नेपाल प्रहरीको तीनकुनेस्थित प्रहरी वृत्तमा उजुरी दिनुभएको छ । उक्त वृत्तका प्रहरी नायब उपरीक्षक शिवराज बुढाथाकीले निवेदन प्राप्त हुनासाथ यातायात कार्यालयबाट विवरण मगाएर अनुसन्धान प्रक्रिया अघि बढाइएको जानकारी दिए ।(रास्स)

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले संसदीय समितिको बैठकमा आफू र प्रहरी संगठनमाथि तथ्यहीन तथा जथाभावी आरोप लगाइएको भन्दै असन्तुष्टि जनाएका छन्। सार्वजनिक निकायका बैठक तथा छलफलमा अभिव्यक्ति दिँदा संस्थागत मर्यादा र शिष्टता कायम गर्नुपर्ने उनको भनाइ छ। बुधबार प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै कार्कीले वर्षौँदेखि निष्ठापूर्वक जिम्मेवारी निर्वाह गरिरहेका […]

दाङ । घोराही १५ केवल एउटा सहरको नाम होइन, यो हाम्रो पहिचान, हाम्रो सम्भावना र हाम्रो साझा भविष्य हो। हामीले कस्तो घोराही निर्माण गर्ने भन्ने कुरा सरकार वा स्थानीय तहको मात्रै जिम्मेवारी होइन। यसका लागि यहाँका प्रत्येक नागरिकको सोच, सहभागिता र सक्रियता आवश्यक हुन्छ। अझ विशेषगरी युवाहरूको सिर्जनशील ऊर्जा, नयाँ सोच, क्षमता र नेतृत्वलाई सही […]

काठमाडौं । नगर प्रहरी स्थानीय तहको आवश्यकता हो। नगरको सरसफाइ, बजार व्यवस्थापन, सार्वजनिक सम्पत्तिको संरक्षण, अतिक्रमण नियन्त्रण तथा स्थानीय कानून कार्यान्वयनमा उसले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ। तर स्थानीय तहको अधिकार विस्तार हुँदै जाँदा नगर प्रहरीलाई नेपाल प्रहरीकै समानान्तर संरचना बनाउने प्रवृत्ति भने गम्भीर प्रश्नको विषय बनेको छ। नगर प्रहरीका प्रमुखदेखि जवानसम्म नेपाल प्रहरीसँग मिल्दोजुल्दो […]