२७ बैशाख २०८१, बिहिबार
09-05-2024 , Thu
×

आजको मौसम

Logo
Abc Sanchar प्रकाशित शनिबार, माघ १३, २०८०

(एबिसि संचार )                                                                काठमाडौँको तापक्रम आज यो वर्षकै न्यून मापन गरिएको छ । आज बिहान साढे ६ बजे काठमाडौँको तापक्रम २ डिग्री मापन गरिएको छ  । जुन यो वर्षकै सबैभन्दा धेरै चिसो हो । जिरीको अधिकतम तापक्रम १२ दशमलव ८ डिग्री पुग्दा मिनिमम तापक्रम माइनस १ दशमलव ६ डिग्री सेल्सियसमा झरेको छ ।जोमसोमको न्यूनतम तापक्रम पनि माइनस ५ दशमलव ५ डिग्री रहेको छ । डडेलधुराको तापक्रम पनि २ दशमलव १ डिग्रीमा झरेको छ । शुक्रबार काठमाडौँको अधिकतम तापक्रम १७ दशमलव ५ डिग्री पुग्दा न्यूनतम तापक्रम भने ३ डिग्रीमा झरेकाे थियाे । आज कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहनेछ।मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।  तराईका अधिकांश स्थानहरूमा हुस्सु लाग्ने हुँदा दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने महाशाखाको भनाई छ ।  चिसोबाट समेत बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन अनुरोध छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार ) हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले अहिले बिहान कोशी, मधेस प्रदेशलगायत पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहेको छ भने बाँकी भू–भागमा आंशिक बदलीदेखि मुख्यतया सफा छ । यस्तै, आज दिउँसो देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने छ भने […]

(एबिसि संचार )                                                                हाल नेपालमा  पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशभरको मौसममा आंशिक बदलीदेखि […]

(एबिसि संचार )                                                                    हाल नेपालमा  पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यद्यपि देशभर आंशिक […]